आफन्तसँग घुम्न आएका बालकको टिप्परको ठक्करबाट मृत्यु
गल्छीबाट काठमाडौँ जाँदै गरेको बा ४ ख १९४८ नं को टिपरले सडक छेउमा हिँडिरहेका बालकलाई ठक्कर दिएको स्थानीयवासीले बताएका छन् । ठक्करबाट मकवानपुर, पालुङस्थित अँधेरीखोला घर भई आफन्तसँग घुम्न आएका अन्दाजी सातवर्षीय विकास लामिछानेको घटनास्थलमै मृत्यु भएको महादेवबेंसी प्रहरी चौकीले जनाएको छ । चालकको लापरबाहीले बालकको मृत्यु भएको जनाउँदै स्थानीयवासीले एक घन्टा पृथ्वीराजमार्गअन्तर्गत पर्ने महादेवबेँसी खण्ड बन्द गराएका थिए । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । -source


0 comments
प्रतिकृया दिनुहोस