किन ‘भूमिगत’ भए अनमोल केसी ?
काठमाडौं, ६ माघ । सानै उमेर र छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायक अनमोल केसी पछिल्लो समय सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
त्यसो त अनमोल विशेष कार्यक्रम बाहेक अरु ठाउँमा पुग्दैनन् । तर पछिल्ला केहि समयदेखि उनी देखिन सार्वजानिक कार्यक्रममा आउन ठप्पै भएको छ । आफ्नै पाँचौँ प्रोजेक्टको तयारीमा जुटेका अनमोल अहिले सार्वजनिक कार्यक्रममा मात्रै हैन आफन्तलाई भेट्नेसम्म समय मिलाउन नसक्ने भएका छन् ।
उनी चलचित्र ‘कृ’को तयारीमा लागि परेका छन् । चलचित्र कृ अनमोलको पाँचौँ चलचित्र हो । ब्याक टू ब्याक ४ चलचित्र हिट दिएका अनमोल यस चलचित्रमा आफु फरक भूमिकामा देखिनको लागि घर भित्र नै वर्कसप गर्देछन् । सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने चलचित्र ‘कृ’ को सुटिङ फागुनदेखि सुरु हुने छ भने भदौमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
आफ्नो पात्रमा भिजेर राम्रो काम गर्ने तयारी गरिरहेका अनमोल अहिले बाहिर निस्कनु भनेको सही दिमागलाई भड्काउनु जस्तै हुने भन्दै बाहिर निस्किन नचाहेका हुन् । सुपरहिट चलचित्रहरु दिएका अनमोलको पनि अभिनयको कारण सधँै आलोचना सुन्न पर्छ । आफ्नो दर्शकलाई निराश नबनाउनको लागि अनमोल अभिनय र तयारीमा लागिपरेका हुन । अनमोलले यसै चलचित्रको लागि २० लाख पारिश्रमिक लिएका छन् । यतिधेरै पारिश्रमिक लिएको चलचित्र क्षेत्रमा पहिलो पल्ट हो । सबै भन्दा धेरै पारिश्रमिक लिने नायक बनेका अनमोललाई ठुलो बजेटमा बनेका र धेरै खर्च गर्न सक्ने निर्माता नै चाहिनेमा पक्का भइसकेको छ ।
यस्तै, चलचित्र कृ बाट नयाँ नायिकाले डेब्यु गर्दैछिन् । मोडल समेत रहेकी अदिती बुढाथोकीले अनमोलसँग कृ मा रोमान्स गर्नेछिन् । उनी भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका ३ वटा गीतको म्युजिक भिडियामा काम गर्दैछिन् भने केही हिन्दी सिरियलका लागि पनि छनौट भएको उनले जनाएकी छिन् । अदितीले हिन्दी फिल्मको लागि तयारी गरिरहेको खबर पनि छ ।


0 comments
प्रतिकृया दिनुहोस