दीपकराज गिरीमाथि गाली बर्सिन थालेपछि बोल्यो कलाकार संघ
काठमाडौं – चलचित्र ‘छक्का पन्जा’ पाइरेसीका आरोपी नवलपरासीका कृष्ण सुवेदीको आत्महत्या पछि सामाजिक संजालमा निर्माता तथा कलाकार दीपकराज गिरीलाई गरिएको चर्काे गाली प्रति कलाकार संघको पनि आँखा परेको छ ।
संघकी महासचिव सरिता लामिछानेद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘घटनाको छानविन भैरहेको समयमा त्यसको सत्य तथ्य बिषय बाहिर नआएसम्म कलाकार दीपकराज गिरीको बारेमा गाली गलौज नगरिदिन सबैसँग अपिल गदर्छु ।’ दीपकको बिषयमा भैरहेको टिका टिप्पणी र गाली गलौजले संघ दुखित भएको बिज्ञाप्तीमा उल्लेख छ ।
संघले मृतक सुवेदीको परिवार प्रती सम्बेदना प्रकट गर्दै दीपक पनि सम्पती चोरिका हिसावले पिडित भएको जनाएको छ ।


0 comments
प्रतिकृया दिनुहोस