अफगानी ब्याट्सम्यान नजिबुल्लाहको अचम्मको छक्का!

टि–२० को लोकप्रियतासँगै अहिले अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङको शैलीमा थुप्रै परिवर्तन देख्न पाइएको छ। यस्तै एउटा अचम्मको ब्याटिङ अफगानिस्तानका ब्याट्सम्यान नजिबुल्लाह जाडरनले गरेका छन्। घटना हो, गत सोमबारको। युनाइटेड अरब इमिरेट्स(युएई) विरूद्ध अबुदाबीमा भएको डेजर्ट टि–२० च्याम्पियनसिपमा नजिबुल्लाहले हानेको एउटा सर्टलाई लिएर अहिले निकै चर्चा हुन थालेको छ। नेपालको कट्टर प्रतिद्धन्द्धीको रुपमा रहेको अफगानिस्तानका यी ब्याट्सम्यानले १९ ओभरको चौथो बलमा प्रहार गरेको छक्का निकै रोमाञ्चक थियो। यस खेलमा युएईले पहिलो ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो। प्रत्युत्तरमा १ सय ४७ रनको लक्ष्यका साथ क्रिजमा उत्रिएको अफगानिस्तानले १८ ओभरमा ५ विकेट गुमाउदै १ सय २७ रन मात्र बनाएको थियो। अन्तिम दुई ओभरमा अफगानिस्तानलाई जितका लागि २० रन आवश्यक थियो। तर, युएईका बलर मोहम्मद सहजादले १९ ओभरको चौथो बलमा राउन्ड द विकेट फ्याँकेको ‘फुलर लेन्थ’ बललाई एक हातले छक्का हान्दै नजिबुल्लाहले अफगानिस्तानलाई ५ विकेटको जित दिलाएका थिए। बल ‘अफ स्टम्प’ भन्दा बाहिर थियो। त्यो बल छोडेको भए अम्पायरले वाइड दिने सम्भावना बलियो थियो। तर, नजिबुल्लाहले बललाई पछ्याउदै एक हातले प्रहार गर्ने क्रममा सन्तुलन बिग्रिदा लड्न पुगेका थिए। तर, बल सीमा रेखा बाहिर पुगेको थियो। अफगानिस्तानले एक ओभर बाँकी रहँदै खेल जितेको थियो।

0 comments

प्रतिकृया दिनुहोस