अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण : कति बेला के हुन्छ ?
माघ ७ – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन डोनाल्ड ट्रम्पले शुक्रबार राष्ट्रपतिको शपथ लिँदै हुनुहुन्छ । अमेरिकाको राजधानी वाशिंटन डिसीमा नेपाली सयम अनुसार राति पौने ११ बजे शपथ ग्रहण समारोह सुरु हुनेछ । शपथ ग्रहण समारोहमा लाखौं मानिस पुग्ने अपेक्षा गरिएको छ । ह्वाइट हाउसमा हुने समारोह हुनेछ ।
अमेरिकामा शपथ ग्रहण समारोह सत्ता हस्तान्तरणको भाग हो । शपथ ग्रहण समारोहपछि पेसिल्वेनिया एवेन्युमा एक परेड हुनेछ । यसपछि अरु कार्यक्रम हुनेछ ।
शपथ ग्रहण समारोह अघि ट्रम्प ह्वाइट हाउस नजिक रहेको सेन्ट जोन एपिस्कोपल चर्च जानु हुनेछ । त्यसपछि प्रथम महिला मिशेल ओबामाले ट्रम्प र उहाँकी श्रीमती मेलानियालाई ह्वाइट हाउसमा कफि मिटिङ हुनेछ ।
त्यसपछि ट्रम्प शपथ ग्रहण समारोहका लागि जानु हुनेछ । अमेरिकी समय अनुसार २० जनवरीको बिहान साढे ९ बजे सांगीतिक कार्यक्रमसहित शपथ ग्रहण समारोह सुरु हुनेछ ।
स्थानीय समय अनुसार बिहान साढे ११ बजे कार्यक्रम औपचारिक रुपमा उद्घाटन हुनेछ । सर्वोच्च अदालतका मुख्य न्यायाधीशले माइक पेन्सीलाई उपराष्ट्रपति पदको शपथ गराउनु हुनेछ ।
अमेरिकी समयअनुसार दिउँसो ठिक १२ बजे ट्रम्पले राष्ट्रपति पदको शपथ लिनुहुनेछ । त्यसपछि उहाँले उद्घाटन भाषण गर्नुहुनेछ । इतिहासलाई हेर्दा यो बेला दिइएका धेरै अमेरिकी राष्ट्रपतिका भाषण लामो समयसम्म सम्झिने गरिएको छ ।
दिउँसो तीनदेखि बेलुका पाँच बजेसम्म ट्रम्प र पेन्सी २.४ किलोमिटरको परेडमा सहभागी हुनेछन् । यस्तै बेलुका साढे सात बजेदेखि राति ११ बजेसम्म ट्रम्प र पेन्सी आफ्ना श्रीमतीसहित तीन वटा उद्घाटन समारोहमा भाग लिने छन् ।
समारोहमा राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिशेल ओबामा सहभागी हुनुहुनेछ । ट्रम्पसँग चुनावमा पराजित हुनुभएकी हिलारी क्लिन्टन पूर्व अमेरिकी राष्ट्रपति तथा श्रीमान बिल क्लिन्टनसँगै समारोहमा जाने सम्भावना छ । कार्यक्रममा आठ देखि नौ लाख मानिस सहभागी हुने अपेक्षा गरिएको छ । तर यो स्पष्ट भएको छैन धेरै मानिस ट्रम्पलाई साथ दिन पुग्नेछन् वा विरोध प्रदर्शनका लागि ।




0 comments
प्रतिकृया दिनुहोस