१६ वर्षअघि १० करोड कमाएको सिनेमाको सिक्वेल बन्ने तयारी

काठमाडौं, माघ ६ – आज भन्दा १६ वर्ष पहिलेको सिनेमा ‘तँ त साह्रै बिग्रिस नि बद्री’ ले झण्डै १० करोड रुपैयाँको ब्यापार गरेको थियो ।
त्यसबखत मल्टिप्लेक्स हलहरुको सुविधा नै थिएन । सिंगल थियटरहरुबाट नै सिनेमाले करोडौँको ब्यापार गरेको जानकारी निर्माता किरण केसीले हामीलाई दिए । त्यस बखत निर्माताहरुको हातमा पनि झण्डै तीन करोड परेको थियो । विश्वज्योति हलबाट मात्रै २९ लाख रुपैयाँ कमाई भएको किरणले बताए ।
सिनेमाले कमाएको पैसाले के गर्नु भयो भनेर सोध्दा उनले रमाइलो पारामा भने, ‘घरमा राखेर नफल्ने त्यही भएर मैलै जग्गा किनेँ अनि केही साथी भाइहरुलाई सरसापटी दिएँ ।’
‘तँ त साह्रै बिग्रिस नि बद्री’को सिक्वेलको रिसर्च हुँदै
‘तँ त साह्र्रै बिग्रिस नी बद्रि’को सिक्वेल बनाउने तयारी भएको किरणले जानकारी दिएका छन् । अहिले किरणका कान्छा छोरा सुदन केसीले यसमा रिसर्च गरिरहेका छन् ।
अहिलेको पुस्तालाई सिनेमामा प्रस्तुत गरेर रिमेक गर्ने की ! भन्ने सोच आफूमा भएको किरणले बताए । उनका अनुसार सिनेमाको सिक्वेलको कथा ‘तँ त साह्रै बिग्रिस नि बद्री’को अन्त्यबाट सुरु हुनेछ

0 comments

प्रतिकृया दिनुहोस