हिमालय एयरको काठमाडौं–क्वालालम्पुर राउण्ड ट्रिपको भाडा २५ हजार


क्वालालम्पुरसँगै म्यानमार पनि उडान थाल्दै

हिमालय एअरलाइन्सले मलेसियाको क्वालालम्पुर र म्यानमारको याङगुनमा उडान भर्ने भएको छ। नयाँ एअरबस ३२०–२१४ ल्याउने भएसँगै कम्पनीले नयाँ गन्तव्यहरु तय गरेको हो।

आगामी माघ २८ देखि क्वालालम्पुर र फागुन १३ गतेदेखि याङगुनमा उडान सुरु हुने कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले जानकारी दिए। एअरलाइन्सले हप्ताको पाँच दिन क्वालालम्पुर र दुई दिन याङगुनमा उडान सञ्चालन गर्ने छ।

एअरलाइन्सले काठमाडौ- क्वालालम्पुर- काठमाडौ (राउण्ड ट्रिप)को लागि सुरुवाती टिकट दर २५ हजार ३ सय ७५ रुपैयाँ तोकेको श्रेष्ठले बताए। क्वालालम्पूर- काठमाडौ- क्वालालम्पूर (राउण्ड ट्रिप)को लागि मलेसियन रिंगेट ९ सय २८ तोकिएको छ।

त्यसैगरी काठमाण्डौ-याङगुन-काठमाण्डौको लागि २९ हजार ६ सय रुपैयाँ (राउण्ड ट्रिप) र याङगुन-काठमाण्डौ-याङगुनको (राउण्ड ट्रिप) लागि ३ सय २० अमेरिकी डलर कायम गरिएको कम्पनीले जनाएको छ। दोहा र कोलोम्बो सँगै क्वालालम्पुर र याङगुन जोडिएपछि एअरलाइन्स्ले एसियाली क्षेत्रहरुमा आफ्नो सञ्जाललाई विस्तार गर्नेछ।

९ एन एएलभी नेपाली रजिष्ट्रेसन नम्बर रहेको उक्त नयाँ एयरबस ३२०–२१४ विमानमा १ सय ५८ इकोनोमी क्लासको सिट रहेको छ। एअरलाइन्सले आफ्नो कार्यकालको दोश्रो वर्षमा नै दोश्रो विमान थप्न लागेको हो।

२०१७ भित्र दुई जहाज थप्ने कम्पनीले जनाएको छ। नयाँ विमानमा आरामदायी सीटहरु, नविनतम भिडियोका साथै सँगीतद्धारा इन फ्लाइट इन्टरटेनमेन्ट दिने कम्पनीको भनाई छ।

थप उडानबारे टिप्पणी गर्दै भाइस प्रेसिडेन्ट श्रेष्ठले भने ‘यसले नेपालको हवाई क्षेत्रको अन्तर्राष्ट्रिय सञ्जाललाई अझ सुध्रिढ बनाउने छ साथै दुई देशहरुसँगको सम्वन्धलाई मजबुत बनाउन पनि टेवा पुग्नेछ।’

काठमाडौँ–क्वालालाम्पुरः उडान समयतालिका–(माघ २८देखि लागू)
Flight No.
Routing
Departure
Arrival
Day of the week
H9 890
KTM-KUL
11:00 PM
06:05 AM
Mon, Wed, Thu, Fri,Sun
H9 891
KUL-KTM
07:05 AM
09: 40 AM
Mon, Tue, Thu, Fri, Sat

काठमाडौँ–याङगुनः उडान समयतालिका –(फागुन १३ देखि लागू)
Flight No.
Routing
Departure
Arrival
Day of the week
H9 892
KTM-RGN
10:55 AM
02:15 PM
Monday and Friday
H9 893
RGN-KTM
03:15 PM
05:15 PM
Monday and Friday

नेपाल चीनको सँयुक्तलगानीमा सञ्चालित हिमालय एअरलाइन्स अगष्ट २०१४ मा स्थापित भएको हो । एयरलाइन्सले गत जेठ १८ देखि दोहा र कतारबाट अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गरेको हो।

हिमालय एअरलाइन्सले आगामी पाँचवर्ष भित्र पन्ध्र वटा एअरबस जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालनगर्ने तयारी गरिरहेको छ।

0 comments

प्रतिकृया दिनुहोस