१६ वर्षपछि फर्किए राता मकै, तीजमा टार्गेट छ सिनेमा
काठमाडौं, माघ ४ – लगातार हाँस्यव्यङ्ग्य सिनेमाले सफलता पाउँदै गर्दा महसञ्चार फेरि एकपटक सिनेमा बनाउन अघि सरेको छ । हाँस्यव्यङग्य कलाकार किरण केसीका अनुसार बन्न लागेको सिनेमामा उनले पनि लगानी गर्ने पक्का भएको छ ।
१६ वर्षअघि हरिवंश आचार्यसँग मिलेर सिनेमा तँ त साह्रै नै बिग्रिस नि बद्री निर्माण गरेका किरणले नयाँ सिनेमाका लागि महसञ्चारसँग सहकार्य गर्दैछन् । सिनेमाको नाम दुई अक्षर राखिएको छ । सिनेमालाई जात्रा निर्देशक प्रदिप भट्टाईले निर्देशन गर्ने
सिनेमामा हाँस्य कलाकारहरुकै बाहुल्यता हुने भनिएपनि को को कलाकार हुन्छन् किरणले हामीसँग रहस्य खोल्न चाहेनन् । तर आफ्नो चाहि भूमिका पक्का भएको बताए । सिनेमामा हुने कलाकारहरुको बारेमा केहीदिनमै प्रेसमिट गरेर सार्वजनिक गर्ने किरणले बताएका छन् ।
किरणकाअनुसार दुई अक्षरबाट नयाँ हिरोले ब्रेक पाउँदैछन् । कालीप्रसाद बाँस्कोटा र यमन श्रेष्ठले सिनेमाका गीतमा संगीत भर्नेछन् भने हरिवंश आचार्य र कालीप्रसाद बाँस्कोटाले गीत गाउने छन् ।
१६ बर्षपछि सिनेमा निर्माणमा फर्केका किरणले यो बिचको समयमा देशको अवस्थाका कारण निर्माणलाई निरन्तरता दिन नसकेको र नेपालमा संविधान निर्माण भएपछि सिनेमा बनाउँछु भन्ने सोच भएको बताए । अहिले आएर त्यो सोच र सपना पूरा हुँदा उनी आफ्नो खुसीलाई बयानै गर्न नसक्ने भएका छन् ।
हेर्नुहोस् भिडियो


0 comments
प्रतिकृया दिनुहोस