यसरी टाउको दुखेमा तुरुन्तै अस्पताल जानुपर्छ

एजेन्सी । टाउको दुख्ने समस्या धेरै मानिसमा हुन्छ । टाउको दुख्ने बित्तिकै अस्पताल जानु पर्छ भन्ने छैन । तर, टाउको दुखाईसंगै अन्य समस्या पनि भएमा तुरुन्तै अस्पताल जानुपर्छ । टाउको दुख्ने सामान्य कारणहरुमा ज्वरो, रुघाखोकी, गर्मी, तनाव र थकान आदी हुन् ।

यस्तो अवस्थामा अस्पताल जानुपर्छ :
टाउको दुखाईसंगै उल्टी भएमा
सहनै नसक्ने गरी दुखेमा
एउटा बस्तु दुईवटा देख्न लागेमा
एउटा आँखाले अचानक देख्न छाडेमा
आँखा बांगिएमा
होस हराएमा वा बेसुरको कुरा गरेमा
मुख बांगिएमा
बिहान उठ्नेबेला टाउको दुख्ने गरेमा
खोक्दा दुखाई बढेमा
धेरै रिंगटा लागेमा
स्रोत : स्वास्थ्य खबर पत्रिका

0 comments

प्रतिकृया दिनुहोस