मओवादी नेतासहित कलाकार चढेको गाडी दुर्घटना, उद्दारको लागि हेलिकप्टर पठाइयो

काठमाडौं । माओावदी केन्द्रका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला सचिव इन्द्रबहादुर थिङसहित कलाकार चढेको गाडी दुर्घटनामा परेको छ ।

काभ्रेको घर्तिछापमा थिङसहित कलाकारहरु विश्व दोङ, प्रयास दोङ, जितु लोप्चन र कृषि विकास कार्यालय काभ्रेका प्रमुख दुर्गा पण्डित चढेको गाडी दुर्घटनामा परेको हो ।
उनीहरुलाई उद्दार गरी काठमाडौं ल्याउनको लागि हेलिकोप्टर पठाइएइको जनाइएको छ ।


दुर्घटनामा गणेश केसी, भगवान खत्री, नाम नखुलेका चालक पनि घाइते भएका छन् । दुर्घटनामा परेका थिङ माओवादीको मोर्चा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका महासचिव पनि हुन् ।

उनीहरु सबै बुधबार डाँडापारि भएको सोनाम ल्होछारमा भएको कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।

0 comments

प्रतिकृया दिनुहोस