खेल्न आएका अमेरिकी नेपाली, जो मनका भावना साट्न चाहान्छन्

काठमाडौं, ६ माघ । सहारा क्लबको आयोजनामा पोखरामा भइरहेको १५औँ आहा रारा गोल्ड कपमा एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) को नेतृत्वमा आएको अमेरिकी फुटबल टोलीले आफूहरू खेल जित्न मात्रै नआएको छ ।

खेलकुद पत्रकार मञ्च कास्कीले गरेके पत्रकार भेटघाट कार्यक्रममा एनएनका पदाधिकारी र प्रतिनिधीले आफुरुहरु खेले जित्न मात्रै नआएको भन्दै नेपाली मनका भावना साट्न आएको बताएका हुन् । एनएका प्रेसिडेन्ट मेदिनी अधिकारीले विश्वमा ४० लाखको हाराहारीमा नेपाली विदेशमा रहेको बताउँदै काम विशेषले उनीहरू जहाँ रहे पनि मन सधैँ नेपालमा नै हुने धारणा राखे ।

नेपालको विकासका लागि आत्मबलको खाँचो रहेको कुरा औँल्याउँदै उनले एनआरएनएको सहयोगमा अमेरिकामा रहेर पनि नेपालको खेलको विकासका लागि धेरै गर्न सकिने बताए । एएनएका कन्भेनर तथा अफिसर विजय श्रेष्ठले अमेरिकाभरि छरिएर रहेका नेपालीबीच एकता कायम गर्न एनएले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै पोखराको प्रतियोगितामा नेपाली मूलका खेलाडी नेपाली मन साट्नैका लागि आएको उल्लेख गरे ।
नेपालका पूर्वराष्ट्रिय खेलाडी तथा एनएका टोलीनेता प्रलय राजभण्डारीले झापा–११ सँग हुने खेल निकै रोमाञ्चक हुने बताउँदै पोखराको खेल मैदान र परिवेश खेलाडीका लागि नयाँ भए पनि टोलीमा अमेरिकाको प्रतिष्ठित क्लबसँग आबद्ध खेलाडी भएकाले जित्ने लक्ष्यका साथ खेल्ने दाबी गरे ।

उसुका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा एनएका स्पोर्ट्स चियर लिड चन्द्र लामाले एएनएको टोलीमा केही सशक्त खेलाडी रहेको बताउँदै लामो यात्रा र थकानले खेलाडीमा केही शिथिलता आए पनि आहा–रारा गोल्डकप लिएर जानका लागि नै टोली मैदानमा उत्रने बताए ।
खेलाडी अमेरिकास्थित पाँच राज्यका विभिन्न ६० खेलाडीबाट २० जना छनौट भई पोखरा आएका छन् ।

0 comments

प्रतिकृया दिनुहोस