दीपिका पादुकोण भन्छिन्, ‘भिन र मैले मिलेर जन्माएको बच्चा निकै उत्कृष्ट होलान्’
अमेरिकाको निकै चर्चित च्याट शो, ‘द एलेन डिजेनेरस शो’ मा बलिउड नायिका दीपिका पादुकोणले आफू हलिउड एक्सन नायक भिन डिजेलसँग निकै प्रभावित भएको (क्रस रहेको) बताउँदै उनको र आफ्नो सम्बन्धपश्चात् जन्मिने बच्चा निकै उत्कृष्ट हुने सोच आफ्नो दिमागमा भएको बताएकी छिन् ।
हलिउड फिल्म xXx: Return of Xander Cage का सहकर्मीसँग अनस्क्रिन केमेष्ट्रि किन यति राम्रो हुन आयो भन्ने विषयमा कुराकानी गर्दै दीपिकाले सो कुरा बताएकी हुन् । गत मंगलबार उनीहरुले कार्यक्रमको उक्त भाग लस एन्जेलसमा सुट गरेका हुन् ।


0 comments
प्रतिकृया दिनुहोस