हङकङमा जुम्बा डान्स फिटनेसको क्रेज बड्दै

मानिसको ससिरलाई फिटनेस राख्नको लागि आजकाल विभिन्न तरिकाहरु अपनाइने गरिन्छ । त्यस्तै पछिल्लो समय अलि रमाइलो पारामा सरिरलाई फिटनेस राख्ने तरिका अर्थात क्लासहरुको विकाश हुदै गइरहेको छ । रमाइलो ढंगले सरिरलाई फिटनेस राख्ने मध्ये जुम्बा डान्स फिटनेस पनि एक मान्छि।

हङकङको नेपाली समुदायमा आफुलाई स्वस्थ्य र फिटनेस राख्नको लागि जिम, मार्सलाआर्ट, मनिङवाक, साउना, बाथ स्टिम लगायत अन्य धेरै खेलकुद संगै पछिल्लो समय हरेक हप्ता हाइकिङ जाने चलन पनि बड्दोछ । त्यस संगै ४ वर्ष नेपालमा जुम्बा डान्स फिटनेस क्लास गराइ सकेका ज्योती थापा तीन महिना अघि हङकङ छिरे संगै जुम्बाको क्रेज पनि बड्दै गइरकेको छ।

नेपाली समुदायमा छुट्टीको समयमा मात्र हुने जुम्बा डान्स फिटनेस क्लास चाउथो पटक संचालन भईसकेको छ । त्यस्तै ज्योती थापा द्घारा नै संचालित चाइनिज समुदायमा पनि जुम्बा डान्स फिटनेस क्लास सुरु भएको तीन महिना पुगेको छ । चाइनिज समुदायहरुमा हप्ताको दुइदिन दुईघण्टा क्लास संचालन हुदै आइरहेको क्लास इन्स्ट्रक्टर थापाले बताए।

नेपाली समुदायको लागि जुम्बा डान्स क्लास ब्यवस्थापिका टिना मगरले तेश्रो क्लासबारे सबै सहभागीहरुलाई धन्यवाद दिएकी छिन। आफुहरुले आस गरे भन्दा धेरै सहभागिता रहेकोमा खुसि ब्यक्त गर्दै आउने हप्ताहरुमा यस्तै रमाइलो क्लासहरु निरन्तर हुने मगर वताउछिन।

संगितको भरमा सरिरको विभिन्न भागहरुको कसरत गरिने जुम्बाले सारिरिक र मानसिक दुवै तरिकाले सरिरलाई स्वस्थ्य राख्ने मानिन्छ। प्रत्येक दिन १ घण्टा जुम्बा डान्स गर्दा सरिमा भएको मोटोपन घट्ने, सरिरमा नयाँ उर्जा थपिने, अनुहारमा चमक आउने जस्ता कामहरु जुम्बाले गर्ने क्लास इन्स्ट्रक्टरको भनाइ छ।

कोरियोग्राफर समेत रहेकी इन्स्ट्रक्टर थापाले हङकङको महिला विभागको कार्यक्रममा नेपाली समुदायको एक मात्र नृत्यको कोरियोग्राफर गरेकी थिइन । एक कम्पनीमा काम गरिरहेका थापा कोरियोग्राफर संगै जुम्बा फिटनेस गराइरहने वताउछिन् । कङकङमा सम्वभत आफुनै जुम्बा क्लासको पहिलो इन्स्ट्रक्टर हुनसक्ने थापा बताउछिन्।

सन १९९० मा एकजनना कोलम्बियन कोरियोग्राफरले जुम्बाको सुरावता गरि अर्का ब्राजिलियन पप सिङ्गर अन्तराष्ट्रिय एम्बेस्टर जुम्बा फिटनेस बने संगै संसार भरिनै फैलिएको मानिन्छ । अहिले संसारको १८० भन्दा धेरै राष्ट्रहरुमा जुम्बा फिटनेस क्लास संचालन हुन्छ ।

0 comments

प्रतिकृया दिनुहोस