एमालेको ‘यु टर्न’-आजै संविधान संशोधन प्रकृया अघि बढ्ने
मदन कोइराला-
काठमाडौं, १२ फागुन। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदको प्रक्रिया अघि बढाउन सहमत भएको छ।
संसदमा पेश भएको संविधान संशोधन विधेयकलगायत अन्य विषय अगाडि बढाउन एमाले सहमत सहमत भएको हो।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललेको पहलमा एमाले अध्यक्ष केपी ओली र सभामुख ओनसरी घर्तीबीच भएको छलफलमा संसदको प्रक्रिया अगाडि बढाउन सहमति भएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले डिसी नेपाललाई जानकारी दिए।
सभामुख घर्तीको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा एमाले आज दिउँसो तीन बजे बस्ने संसद बैठक सुचारु गर्न सहमत भएको हो।
यसअघि बुधबार बसेको एमालेसहितका नौ विपक्षी दलको बैठकले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसद अबरोध कामयै राख्ने निर्णय गरेको थियो।
एमालेलगायतका विपक्षी दलले संसदको प्रक्रिया अगाडि बढाउन सहमति जनाएसँगै आज बस्ने व्यवस्थापिका संसद बैठकमा संविधान संशोधन विधेयकमाथि छलफल हुनेछ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सभामुख ओनसरी घर्तीले संशोधन विधेयकलाई कार्यसूचिमा राख्ने बताइन्। उनले संशोधन विधेयक संसदमा पेश हुने र ७२ घण्टाभित्र संशोधनकालागि समय दिइने बताइन्।


0 comments
प्रतिकृया दिनुहोस