तेरिया जन्मिदा खुशी थिएन परिवार !
काठमाडौं, माघ ९ – सन् २००२ मा रुपन्देहीको रुद्रपूरमा जन्मेकी तेरिया फौजा मगरले भारतको चर्चित रियालिटी सो झलक देखला जा सिजन ९ को उपाधी हात पारेपछि थप चर्चामा छिन् । तेरियाले भारतमा मात्रै हैन आफ्नो कलाबाट विश्वमै नेपालको शान बढाएको भन्दै धेरै नेपाली गर्व गरेका छन् ।
त्यस्तै उनको परिवार पनि तेरिया जस्तो सन्तान पाएर निकै खुशी छ । तेरियासँगै झलकमा पुगेकी उनकी आमा अनिताले जीवनमा तेरिया जस्तो छोरी पाएर आफूलाई निकै भाग्यमानी ठानेको बताइन् । उनले तेरिया जन्मदाको पल सम्झदै भनिन्, ‘तेरियालाई
‘तर अहिले उसले गरेको काम र उसमा भएको ट्यालेण्ट देखेर आफूलाई निकै गर्व लाग्छ । उसले गर्दा नै म अहिले धेरैवटा देश घुमिसकेँ । उसकै कारण म आज संसार घुम्ने मौका पाईरहरेको छ । तेरियाले जे गरिरहेकी छ, तेरियाबाट जुन खुशी मैलै पाईरहेको छु सायद उसको ठाउँमा छोराको जन्म भएको भएपनि मैलै पाउँदिनथेँ होला ।’
तेरियाले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै झलकको उपाधि हात पारेकी हुन् । झलक जितेकी उनले उपहार स्वरुप तीस लाख भारतीय रुपैयाँ, कार र ट्रफी पाएकी छन् । उनले यसअघि सन् २०१४ मा जि टिभीको डान्स इन्डिया डान्स लिटिल मास्टरको उपाधि जितिसकेकी छन् ।
तेरियाले आफू झलकको विजेता बनेपछि यसको श्रेय आफ्ना शुभ चिन्तक र सारा नेपालीहरुलाई दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफ्नो जित नै सारा नेपालीहरुको जित भएको भन्दै बिशेष गरि भोट दिएर साथ दिने नेपालीहरुलाई धन्यबाद दिएकी हुन् ।


0 comments
प्रतिकृया दिनुहोस