सोनाक्षीसँग फिल्म खेल्न चाहन्छुः तेरिया

भारतीय टेलिभिजन च्यानल कलर्सको झलक दिखला जाको नवौं संस्करणको उपाधि चुमेकी तेरिया मगरले बलिउडमा काम गर्न चाहेको बताएकी छन्। शनिबार भएको फाइनलमा रुपन्देही १४ वर्षिया तेरियाले उपाधिसहित ३० लाख भारतीय रुपैयाँ जितेकी हुन्।

‘अब के गर्ने भन्ने मलाई थाहा छैन, तर म बलिउडमा काम गर्न चाहन्छु। बलिउड सिनेमा हेर्दै हुर्केकी म मौका पाए काम गर्ने प्रयास गर्नेछु, तेरियाले भनिन्, ‘सोनाक्षी सिन्हाले प्रदर्शनले मलाई हौसला दिन्छ, उनी साह्रै सुन्दर पनि छन्, म उनीसँगै काम गर्न चाहन्छु।’ परीक्षाको तयारीमा रहेकी उनले अब के गर्ने भन्ने निर्णय बुवाआमाले गर्ने बताइन्।

उनले पुरस्कारस्वरुप पाएको पैसामध्ये केही रकम तेरिया फाउण्डेसनलाई दिने बताएकी छन्। तेरिया फाउण्डेसनले बालबालिकाको क्षेत्रमा काम गर्छ।

यसअघि तेरिया डान्स इण्डिया डान्सको उपाधि पनि जितेकी थिइन्।

0 comments

प्रतिकृया दिनुहोस