छोराको नाममा विवादबारे पहिलोपल्ट बोले सैफ, दिए यस्तो प्रष्टिकरण
मुम्बई – करीना कपुर खान र सैफ अली खानले छोराको तैमूर अली खान राखे ।
छोराको नाम राखेपछि सामाजिक सञ्जालमा यसबारे निकै आलोचना भएको थियो । यद्यपि, यसबारे दुवैले केही प्रतिक्रिया दिएका थिएनन् ।
तर, अहिले पिता सैफ अली खानले तैमूरको नाममा भएको विवादबारे चूप्पी तोडेका छन् । उनले आफ्नो छोराको नाम किन राखिएको बारे स्पष्टिकरण दिएका छन् ।
सैफले भने, ‘मलाई इतिहास र टर्कीका शासकको बारेमा जानकारी छ । तर, मैले मेरो छोराको नाम उनको आधारमा राखेको होइन । उनको नाम तिमुर थियो, मेरो छोराको तैमूर हो ।
मलाई र करिनालाई यो शब्द सुनिने तरिका र अर्थ मनपर्यो । करिनालाई भनिएको धेरै नाम मध्ये उनलाई यही नाम मनपर्यो । यो नाम सुन्दर मात्र नभएर शक्तिशाली पनि छ ।’
‘अलेक्जान्डर र अशोकको इतिहास पनि निकै हिंसात्मक छ । तर, त्यस्तो नामको व्यक्तिलाई कसैले पनि गतल तरिकाले प्रस्तुत हुँदैनन् । मलाई आशा छ तैमूरले पनि आफ्नो अलग पहिचान बनाउने छन् र उसले सबैको माया पाउनेछन् । म र करिनाले दिने माया, शान्ति र राम्रो संस्कारलाई लिएर ऊ अगाडि बढ्नेछ । मजस्तै मेरो छोरा लिबरल, सन्तुलित र खुला दिमागको हुनेछ ।’
को थिए तैमूर
तैमूर एक इस्लामिक शासक थिए र बाबरका पूर्वज थिए । तैमूरले आफ्नो जीवनकालमा एक करोड सत्तरी लाखको हत्या गरेको बताइन्छ ।
उनले भारतको दिल्लीमा पनि आक्रमण गरेर कयौँ हिन्दुहरुको हत्या गरेका थिए । त्यही भएर तैमूरको छवि निर्दयी र खूंखार शासकको रुपमा रहेको छ ।


0 comments
प्रतिकृया दिनुहोस