गाम्बियाका राष्ट्रपतिद्धारा संकटकाल घोषणा
गाम्बिया । गाम्बियाका राष्ट्रपति याहय जम्मेहले सङ्कटकालको घोषणा गर्नुभएको छ ।
पश्चिम अफ्रिकी मुलुक गाम्बियामा विगत २२ वर्षदेखि शासन गर्दै आएका जम्मेह गत डिसेम्बरमा भएको निर्वाचमा पराजित भएपछि सत्ता छोड्नुभएको छैन ।
उहाँले मतपरिणाम नस्वीकार्ने बताएको भोलिपल्ट राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सार्वभौम जनताको रोजाइलाई नस्वीकार्नु जम्मेहको गल्ती हुने टिप्पणी गरेको थियो ।
जम्मेहले निर्वाचन भएको एक सातापछि मत परिणाम नस्वीकार्ने बताउँदै नयाँ निर्वाचन गर्न माग गर्नुभएको छ ।
उहाँलाई उहाँका प्रतिस्पर्धी अदाम बर्रोले पराजित गर्नुभएको थियो ।
अहिले राष्ट्रपतिमा पराजित जम्मेहले सन् १९९४ देखि सैनिक शासकको रूपमा गाम्बियाको सत्ता सम्हाल्नुभएको थियो । गाम्बिया २० लाखभन्दा कम जनसंख्या रहेको निकै सानो अफ्रिकी मुलुक हो । रासस/एएफपी


0 comments
प्रतिकृया दिनुहोस