पोष्टमार्टमको रिपोर्ट– यमबुद्वको शरीरमा थिएन ड्रग्स

काठमाडौं, ५ माघ । गएको शनिबार लण्डनको नर्थहोल्टस्थित आफ्नै अपार्टमेन्टको बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका नेपालका चर्चित र्‍याप गायक यम बुद्धका पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।

पोष्टमार्टम रिर्पोटकोअनुसार यमबुद्वको आत्माहत्या भएको खुलाएको छ । पोष्टमार्टममा सहभागी चिकित्सक टोलीले यम बुद्धको परिवारलाई यो जानकारी दिएको हो ।

रिर्पोटमा यम बुद्धले मदिरा पिएको देखिएपनि लागू औषध सेवन नगरेको देखिएको छ । रिपोर्टमा बङ्गारा अलिकति सरेको पाइएको छ तर चिकित्सक टोली त्यो सामान्य रहेको बताएको छ । यसबाहेक कोठामा यम बुद्धले आफनो पासपोर्ट टुक्राटुक्रा पारेर च्यातेको भने भेटिएको छ । उनले पासपोर्ट च्यात्नुको कारण भने खुल्न सकेको छैन ।

उनले किन आत्महत्या गरे र उनमा डिप्रेसन थियो या थिएन भन्ने अनुसन्धान हुन बाँकी छ । उनी शुक्रबार राति १२ बजेतिर काम सकेर घर आएका थिए । सुत्नुअघि उनले श्रीमतिसँग वाइन पिएका थिए । शनिवार बिहान ६ बजेतिर उनी झुण्डिएको अवस्थामा बाथ रुममा भेटिएका थिए ।

नेपाली गीत, संगीत क्षेत्रमा र्‍याप , हिपहप गीतमा बेग्लै पहिचान बनाउन सफल गायक थिए यम बुद्ध । हाल उनको शव परिवारले नेपाल ल्याउन चाहिरहेका छन्। तर शवलाई नेपाल ल्याउने या नल्याउनेमा टुंगो लागेको छैन ।

0 comments

प्रतिकृया दिनुहोस