अवकासपछि अमेरिकी राष्ट्रपतिहरूको पेसा के ?

देशमा सरकार परिवर्तन गर्ने, गराउने खेल सुरु हुन थालेपछि हामी अमेरिकी राष्ट्रपतीय प्रणालीको व्याख्या, विश्लेषण गर्न थाल्छौँ । अनि संसदीय व्यवास्थाका बारेमा तर्क, वितर्क गर्न अग्रसर हुन्छौँ । सिकागोको अन्तिम बिदाइ भाषाणमा राष्ट्रपति बाराक ओबामाले अत्यन्तै गम्भीरताका साथ ‘जनतालाई प्रजातन्त्रको रक्षाको निमित सचेत रहन’ आह्वान गरे । शान्तिपूर्ण तरिकाले राष्ट्रपतीय शक्ति हस्तान्तरणको विषयलाई ध्यानपूर्वक उल्लेख गरे । यी शब्दहरु नवनिर्वाचित डोनाल्ड ट्रम्पप्रतिको प्रतिकात्मक चिन्ता हो भनेर विश्लेषण गर्नु एउटा पाटो हो ।

अर्कोतिर यी शब्दहरु सिङ्गो अमेरिकाको ‘राष्ट्रपतीय स्थिर शासन’को इतिहासको व्याख्या थियो । प्रायः राजनीतिक शास्त्रमा अमेरिकी कार्यकारी प्रणालीलाई स्थिर सरकारको द्योतकका रुपमा व्याख्या गर्न रुचाउँछौँ हामी । तर हाम्रो जस्तो तरल राजनीति रहने देशका लागि, केवल स्थिरताको इतिहास मात्र नभई श्रम, नैतिकता, कडा परिश्रम, इमनदारिताको उदाहरण हो, अमेरिकाको राष्ट्रपतीय इतिहास ।
नेपाल जहाँ नयाँ संविधानपछि आर्थिक समृद्धिको दिशातिर मोडिनुपर्छ भन्ने कुरा प्रायः सबै पार्टीका ठूलादेखि कार्यकर्ताको जमातसम्म सुनिने गर्छ्र । यही निहुँमा केही पार्टीहरुको टुटफुट भएको छ । यसै सन्धर्भमा केही पार्टीहरुको पखेटा पलाएको छ र केही पार्टीहरु उड्न थालिसकेका छन् । तर हामीसँग कुनै नेता गतिलो पेसा व्यावासायपछि राजनीतिमा प्रवेश गरेको उदाहरण छैन । राजनेताले राजनीतिपछि कुनै पेसा व्यवसाय वा स्वतन्त्र रुपमा समाज शेवा गरेको इतिहास हामीसँग छैन । छ त केवल भ्रष्टाचार, अराजकता ।

प्रधानमन्त्री निवासका भित्तामा फोटोहरुको मात्र टाँसिएका छन् । अहिले पनि कुनै अधारविना नै समृद्ध नेपाल भन्दै हिँड्दैछौँ । त्यसैले हामीले सिक्नुपर्ने कुरा धेरै छन् । अमेरिकी राष्ट्रपतीय पद्धतिबाट हाम्रो राजनीतिले केवल स्थिरता मात्र होइन, श्रम, इमानदारिता, कर्मठ, मिहिनेत, नैतिकाताको सिकोस् ।

सन् १९८९–१९९७ मा जर्ज वासिङ्टन अमेरिकाको पहिलो राष्ट्रपति बने । उनले ब्रिटिस साम्राज्यबाट अमेरिकालाई स्वतन्त्र बनाए । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेले । उनी पहिला आर्मी कमान्डर थिए । दुई कार्यकालपछि ब्यापक समर्थन रहँदा रहँदै पनि स्वास्थ्यका कारण अमेरिकाको राष्ट्रपतिको अवधि केवल दुई कार्याकाल हुने परम्परा निर्माण गरेर बाहिरिएर । यसले शासन पद्धतिमा नैतिकताको जग बसायो । उनले बाँकी जीवन पुस्तक लेखेर बिताए थिए । यसैगरी अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिङ्कन (१८६१–१८६५) ले दास प्रथाको अन्त्य गरेका थिए । कानुनि व्यवसायी थिए । उनको रहस्यमया हत्या नभएको भए राष्ट्रपति पश्चात उनी पुरानै व्यवसाय गर्थे अथवा समाज सेवा गर्थे ।

अब पहिलो विश्व युद्ध (१९१४) का समयमा राष्ट्र पति भएका विड्रो विल्सन (सन् १९१३–१९२१) अमेरिकाका २८औँ राष्ट्रपति बनेका थिए । उनी पेसाले कानुन व्यावासयी, फुटबल कोच थिए । राष्ट्रपतिको अवधि समाप्तपछि उनी ह्वाइटहाउसमा सँगै काम गरेको सेक्रेटरीसँगै मिलेर पुनः कानुन व्यवसायमा लागेका थिए । वारेन जी हार्डिङ (सन् १९२१–१९२३) अमेरिकाका २९औं राष्ट्रपति, पहिला नामुद पत्रकार तथा समाचारपत्र प्रकाशक थिए । तर राष्ट्रपति बहाल रहेकै अवस्थामा उनको अनौठो तरिकाले मृत्यु भएको थियो ।

क्याल्भिन कुलिड्ज (सन् ९२३–१९२९) सम्म अमेरिकाका ३०औँ राष्ट्रपति थिए । उनी राष्ट्रपति हुनुपूर्व अमेरिकामा कानुन व्यवसायी, महान्यायधिवक्ता र सर्वोच्च अदालतका सहायक न्यायाधिशसमेत थिए । राष्ट्रपतिको पदावधि समाप्त भएपछि उनी विभिन्न पत्रिकामा लेखे, आफ्नो जीवनी लेखेर जीविकोपार्जन गरेका थिए । हर्वट हौबर सन् (१९२९–१९३३) सम्म अमेरिकामा रिपब्लिकनको तर्फबाट ३१औँ राष्ट्रपति बनेका थिए । पहिला उनी एक इन्जिनियर र व्यापारमा लगानीकर्ता थिए । उनी जापानमा एटम बम खसाल्ने निर्णयको कट्टर विरोधि थिए । राष्ट्रपतिको पदावधि समाप्तपछि उनी मानव अधिकारको क्षेत्रमा सक्रिय थिए ।

फ्र्याङ्कलिन डी रुज्बेल्ट सन् १९३३–१९४५ सम्म अमेरिकामा डेमोक्रेटिक पार्टीको तर्फबाट ३२औं राष्ट्रपति भए । उनी अमेरिकाको इतिहासमा चर्चित र सबैभन्दा धेरै अवधि (दुई पटक) भन्दा बढी राष्ट्रपति बन्ने व्याक्ति थिए । पहिला उनी कानुन व्यवसायी र सुधारवादी गोभर्नर थिए । दोस्रो विश्वयुद्धको सुरुदेखि अन्तिम समयसम्म संयुक्त राष्ट्र सङ्घको निर्माण अवधिसम्म उनी राष्ट्रपति भएकाले अमेरिकाका ऐतिहासिक राष्ट्रपति बन्न सफल बने । विडम्बना राष्ट्रपति रहेकै अवस्थामा उनको रहस्यमय मृत्यु भएको थियो । हरि यस ट्रुमेन सन् (१९४५–१९५३) सम्म अमेरिकामा डेमोक्रेटिक पार्टीको तर्फबाट ३३औं राष्ट्रपति भएका थिए । यसअघि उनी कानुन व्यवसायी, व्यापारी र बैङ्कमा जागिरेसमेत थिए ।

उनकै राष्ट्रपतीय कार्यकाल २२औं संशोधनबाट दुई पटकभन्दा राष्ट्रपति हुन नपाइने नियम बसालियो । अमेरिकी इतिहासमा उनको राष्ट्रपतिपछिको रिटायर जीवन अत्यन्तै कस्टकर बन्यो । उनीसँग पहिलाको व्यापार व्यावासाय केही बाँकी थिएन । एक पटक उनीसँग वृद्ध भत्ताको प्रतिमहिना ११२ अमेरिकी डलर मात्र बाँकी थियो । उनले आफ्नो ‘पहिलाको सम्झना’ नामक पुस्तक लेखेका थिए । तर त्यसले केवल बसेको फ्ल्याट भाडा तिर्न मात्र सक्थे । आर्थिक अभावको कारण काङ्ग्रेसले पूर्व राष्ट्रपति ऐन १९५७ पारित गर्यो । यसबाट पूर्व राष्ट्रपतिहरुलाई वार्षिक २५,००० अमेरिकी डलर दिने प्रचलन सुरु भयो । ड्वाइट डी इसेनओर सन् (१९५३–१९६३) अमेरिकाका रिपब्लिकनका तर्फबाट ३४औं राष्ट्रपति थिए । उनी दोस्रो विश्वयुद्ध ताकाका ५ तारे जर्नेल समेत थिए । शीतयुद्धका समयमा सोभियत सङ्घको सामना गर्नु उनको मुख्य एजेन्डा थियो । राष्ट्रपतिको कार्यकालपछि उनले राजनीतिमा सक्रिय भएनन् ।

जोन एफ केनेडी सन् (१९६१–१९६३) सम्म अमेरिकामा डेमोक्रेटिकको तर्फबाट ३५औं राष्ट्रपति बनेका थिए । उनको पानीजाहज सम्बन्धी व्यवासाय थियो । राष्ट्रपति अवाधिमा नै उनको असमायिक निधन भयो । लिन्दन बी जोनसुन सन् (१९६३–१९६९) सम्म अमेरिकामा डेमोक्रेटिकको तर्फबाट ३६औं राष्ट्रपति बन्न सफल भएका थिए । उनी एक शिक्षक तथा सरकारी कर्मचारी थिए । उनले स्कुल पढ्ने बेलामा उनको साथीहरुलाई भन्ने गर्थे ‘तिमीहरुलाई थाहा छ ? म एक दिन अमेरिकाको राष्ट्रपति हुनेछुु’ । राष्ट्रपति कार्यकालपछि राम्रो स्वास्थ्य स्थिति नभएका कारण उनले कुनै पनि काम गरेनन् । रिचार्जड निक्सन सन् (१९६९–१९७४) सम्म अमेरिकामा रिपब्लिकनको तर्फबाट ३७औं राष्ट्रपति बन्न सफल भएका थिए ।

पहिला उनी एक सफल कानुन व्यवसायी थिए । उनी राष्ट्रपति बहाल रहेकै अवस्थामा आफ्नो पदबाट राजीनामा दिने एक मात्र राष्ट्रपति थिए । काङ्ग्रेसमा उनीविरुद्धको महाअभियोग प्रस्ताव दर्ता हुने सङ्केतले उनले राजीनामा दिएको भन्ने इतिहास पाइन्छ्र । राजीनामापछि उनको जीवन अत्यान्तै कष्टकर बन्यो । सन् १९७५ मा उनीसँग जम्मा ५०० अमेरिकी डलर बाँकी थियो । १९७८ मा ‘रिचार्जड निक्सनका सम्झनाहरु’ नामक पुस्तक प्रकासन गरे । यसले समेत जीवन धान्न अफ्ठ्यारो पर्यो । पैसाकै लागि उनले ब्रिटिस टेलिभिजनमा अन्तरवार्ता समेत दिए । जेराल्ड फोर्ड सन् (१९७४–१९७७) अमेरिकाका ३८औँ राष्ट्रपति हुन् । रिचार्जड निक्सनले राष्ट्रपतिबाट राजीनामा दिएपछि उनी स्वत उपराष्ट्रपतिबाट राष्ट्रपति भएका थिए । उनी कानुन व्यवसायी थिए । आफ्नो राष्ट्रपतीय कार्यकाल समाप्तपछि उनले विभिन्न किताब लेख्नुका साथै सार्वजानिक भाषण र अन्तरक्रियाहरूमा सम्मिलित भएर बाँकी जीवन बिताए ।

जेम्स अर्ल जिम्मी कार्टर टिआर सन् (१९७७–१९८१) सम्म अमेरिकामा रिपब्लिकन पार्टीको तर्फबाट ३९औँ राष्ट्रपति भएका थिए । पहिला उनी एक किसान र लेखक समेत थिए । आफ्नो राष्ट्रपतिको कार्यकालपछि उनले कार्टर सेन्टरबाट विभिन्न पुस्तकालय निर्माण गरे । मानव अधिकारको क्षेत्रमा काम गरे । यसबाट उनले २००२ मा ‘नोबेल पुरस्कारसमेत प्राप्त गरे । पुस्तक लेखन कार्यलाई पनि निरन्तरता दिए । रोनाल्ड रेगम सन् (१९८१–१९८९) अमेरिकामा रिपब्लिकन पार्टीको तर्फबाट ४०औं राष्ट्रपति भएका थिए । पहिला उनी हलिउडका कलकार (अभिनेता), स्पोर्ट कमेन्टेटर समेत थिए । आफ्नो राष्ट्रपतीय कार्यकालपछि विभिन्न सार्वजनिक विषयहरुमा भाषण र सुनाइहरु प्रस्तुत गरेका थिए । जर्ज एच डब्लु बुस सन् (१९८९–१९९३) सम्म अमेरिकामा रिपब्लिकन पार्टीको तर्फबाट ४१औँ राष्ट्रपति हुन सफल भएका थिए ।

अमेरिकाको पृथक् र अनौठो राष्ट्रपतीय इतिहासमा एक कार्यकालको फरकमा बाबुछोरा राष्ट्रपति बन्ने यो दुर्लभ उदाहरण हो । बिल क्लिन्टनपछि उनका छोरा जर्ज एच डब्लु बुस भएका थिए । पहिला उनी तेल व्यपारी अनि राजदूतसमेत भएका थिए । उनी राष्ट्रपतिको कार्यकालपछि सामाजिक कार्यमा लागे । बिल क्लिन्टन सन् (१९९३–२००१) सम्म अमेरिकामा डेमोक्रेटिक पार्टीको तर्फबाट ४२औँ राष्ट्रपति हुन सफल भएका थिए । राष्ट्रपतिको कार्यकालअघि उनी एक कुसल कानुन व्यवासायी, प्राध्यापक, गभर्नर थिए । क्लिन्टन अहिले पनि सार्वजानिक सरोकारको विषय, जस्तैः एचआईभी एड्स, आर्थिक सशक्तीकरण जस्ता विषयमा ‘क्लिन्टन राष्ट्रपति कोष’बाट सक्रिय जीवन बिताइरहेका छन् ।

जर्ज डब्लु बुस सन् (२००१–२००९) सम्म अमेरिकामा रिपब्लिकन पार्टीको तर्फबाट ४३औं राष्ट्रपति भएका थिए । उनी तेल ब्यापारी र मिलिटरी समेत थिए । राष्ट्रपति कार्यकालपछि उनी मानव अधिकारको क्षेत्र जस्तैः उचित नीति, द्रूत आर्थिक विकास, मानव स्वतन्त्रता, शिक्षा, विश्व स्वास्थ्य, महिला सशक्तीकरणका क्षेत्रहरुमा सक्रिय बने । अमेरिकी इतिहासमा बाराक ओभामाले काला जातिका तर्फबाट (सन् २००९–२०१७) ४४औं पहिलो पटक राष्ट्रपति भएर उदाहरण पेस गरे । राष्ट्रपति कार्यकालमा विभिन्न चर्चित कामका कारण उनले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका थिए ।

पहिला उनी कानुन व्यवसयी र प्राध्यापक थिए । अहिले उनी ह्वाइटहाउसबाट बिदा हुँदैगर्दा विभिन्न ठाउँबाट जागिरको प्रस्ताव समेत आएको जनाइएको छ्र । तथापि उनले एक भाषणमा सबैका लागि शिक्षा र रोजगार जस्ता अभियानमा लाग्ने रुचि आफूमा रहेको जनाएका थिए । अमेरिकी राष्ट्रपति इतिहासमा डोनाल्ड ट्रम्पले ४५औं राष्ट्रपति बनेर अर्को उदाहरण पेस गरेका छन् । कुनै राजनीतिक पृष्टभूमि नभएका उनी राष्ट्रपति हुन्छन् भनेर कसैले सोचेको थिएन । तर विश्वकै ४४औँ स्थानका बिलिनियर उनी उग्रराष्ट्रवादी र पपुलिस्ट नाराका कारण अमेरिकी राष्ट्रपति इतिहासमा आफ्नो नाम लेखाउन सफल भए ।

अन्त्यमा हाम्रो राजनीति केवल अस्थिरताले मात्र ग्रसित होइन, श्रम र सिर्जनाविहीन छ । नैतिकता र इमानदारिताविहीन छ । जर्ज एच डब्लु बुस सन् (१९८९–१९९३), देखि केवल १ कार्यकालपछि उनका छोरा जर्ज डब्लु बुस (सन् २००१–२००९) अमेरिकाका ४३औं राष्ट्रपति भए । मात्र ८ वर्षको अन्तरालमा, फरक पुस्ताका बाबु र छोरा राष्ट्रपति बन्न सफल भए । यो अमेरिकी राष्ट्रपतीय इतिहासको विरासत हो । तर नेपालमा २००७ साल पछि उदाएका नेता २०४६ को जनान्दोलनपछि प्रधानमन्त्री बन्ने होडमा थिए । झापा आन्दोलन र २०४६ को जनान्दोलनपछि उदाएका नेता अझै प्रधानमन्त्री बन्ने होडमा छन् । यो केवल संसदीय व्यवस्थाले निम्त्याएको परिस्थिति होइन, मात्र फरक नेतृत्व र समयको मागलाई बुझ्न नसकेका कारण हो ।

राष्ट्रपतीय कार्यकालपछि हरि यस ट्रुमेन र रिचार्जड निक्सनको जीवन अत्यन्तै कस्टकर बन्यो, आफू बसेको फ्ल्याटको भाडा तिर्ने पैसा समेत नभएर । कारण के थियो भने राष्ट्रपति कार्यकालमा उनीहरुले कुनै भ्रष्टाचार गरेनन् । तर नेपालमा पूर्व विशिष्टहरु सबै जिन्दागीभर सरकारी स्रोतको उपभोग गर्छन । हाम्रो नेपाली राजनीतिले सिक्न नसकेको पाठ यही हो । अमेरिकी राष्ट्रपति इतिहासबाट विड्रो विल्सन, क्याल्भिन कुलिड्ज, हर्वट हौबर, जेम्स अर्ल जिम्मी कार्टर टिआर र बिल क्लिन्टन आदि राष्ट्रपतिको कार्यकालअघि सबैसँग आआफ्नो व्यवसाय र पेसा थियो र पछि पनि राजनीतिक शक्तिको दुरुपयोगविना आफ्नो व्यवसाय र समाज सेवा गरे । हाम्रो राजनीतिले अमेरिकी राष्ट्रपतीय इतिहासबाट नसिकेको पाठ यही हो । यसर्थ अमेरिकी राष्ट्रपतीय इतिहास केवल स्थिरताको इतिहास होइन, श्रम, इमानदारिता, नैताकताको इतिहास हो ।

0 comments

प्रतिकृया दिनुहोस