किन गायब हुन खोज्दैछन् आमिर खान ?

काठमाडौं, ७ माघ । आमिर खान अभिनित दंगलले बलिउडको बक्स अफिसमा सबै रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ ।

दंगलले पाएको सफलता पश्चात अब अभिनेता आमिर खान एक महिनाको लागि गायब हुने भएका छन् । आमिर आफ्नो नयाँ फिल्म ‘ठग्स अफ हिन्दोस्ता’को तयारीको लागि गायक हुन लागेको बताएका छन् ।

उनी यसै चलचित्रको लागि अपरिचित ठाउँमा गएका हुन् । ठग्स अफ हिन्दोस्तामा बलिउड सुपरस्टार अमिताभ बच्चन पनि आमिरको साथमा देखिनेछन् ।

मिस्टर परफेक्शन भनेर चिनेने आमिर यस अघि दंगलको लागि अमेरिकामा रहेका थिए । आमिर यतिबेला चलचित्रकै लागि ६ घण्टा टे«निङ गरिरहेका छन् भने दिनको ९ घण्टा सुत्दछन् ।

0 comments

प्रतिकृया दिनुहोस