केन्यामा ‘नो सेक्स’ अभियान

निर्वाचनमा सहभागी हुन र भोट हाल्नका लागि एउटा नेताले कस्तो अभियान चलाउन सक्छन् ? जागरण अभियान, प्रशिक्षण अभियानजस्ता सामान्य कुरा हामीले अनुमान गर्न सक्छौँ । तर, केन्याको सन्दर्भमा यस्तो अनुमान फेल खान सक्छ ।

किनकि केन्याकी एक सांसद्ले महिलाहरूसँग अपिल गरेकी छिन्– ८ अगस्टमा हुने निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरेसम्म श्रीमान्सँग सेक्स नगर्नू । यस्तो अभियान चलाउने महिला सांसद् हुन्, मिसि मबोको । केन्याको तटीय सहर मोम्बासाकी यी नेताले विपक्षीलाई खतरामा पार्ने सबैभन्दा बलियो अभियान यही भएको बताएकी छिन् । त्यहाँको निर्वाचनमा मतदान गर्न १७ फेब्रुअरीसम्ममा मतदाता नामावलीमा सूचीकृत भइसकेको हुनुपर्छ ।

0 comments

प्रतिकृया दिनुहोस