नेइमारले अब फिल्म खेल्ने, यस्तो छ ट्रेलर
एजेन्सी । ब्राजिलका स्टार स्ट्राइकर नेइमारले फिल्ममा पनि देखिने भएका छन् । फुटबल मैदानमा आफ्नो जादुमयी खेल प्रदर्शन गरेर विश्वलाई चकित बनाउने नेइमार फिल्ममा देखिने विदेशी सञ्चारमाध्यमहरुले जनाएका हुन् ।
नेइमारले सामुअल एल ज्याक्सनसँग एउटा रेष्टुराँमा गरेको एउटा संवाद भने आउँदो ‘‘ट्रिपल एक्स’ को ट्रेलरमा सार्वजनिक गरिएको छ ।
उक्त ट्रेलरमा नेइमारले आफू फुटबलर भएको दाबी गरेका छन् । संवादमा ज्याक्सनले एजेन्ट बन्न गरेको आग्रहलाई अस्वीकार गरेका नेइमारले आफ्नो संवादमा भनेका छन्, ‘म हिरो होइन, मात्र फुटबल खेलाडी हुँ ।’
नेइमारले त्यसो भनेपछि हाँस्दै रेष्टुराँबाट बाहिरिदै गरेका ज्याक्सनलाई काउन्टर अगाडि बाहिरबाट कुद्दै आएका एक व्यक्तिले बन्दुक देखाएर धम्क्याउन खोज्छ । यति नै बेला नेइमारले टेबलमा रहेको नेप्किन राख्ने भाँडोलाई फुटबललाई निर्दयी पाराले हाने जस्तै ड्याम्म हान्छन् । र, त्यो नेप्किनको भाँडो बन्दुक बोकेको मान्छेलाई लाग्न पुग्छ । र, ऊ भुईमा बजारिन्छ ।
भिडियो फुटेज हेर्नेहरू भने नेइमारको अभिनय देखेर रोमाञ्चित हुनेछन् ।
हेर्नुहोस् ट्रेलर


0 comments
प्रतिकृया दिनुहोस