विमान दुर्घटनामा धेरै खेलाडी गुमाएको चापेकोएन्सेले बराबरी खेल्यो
माघ ९ – विमान दुर्घटनमा टिमका १९ खेलाडी तथा २४ पदाधिकारी गुमाएको ब्राजिलको फुटबल क्लब चापेकोएन्सेले दुर्घटनापछिको पहिलो खेलमा बराबरी खेलेको छ । गएको नोभेम्बर २९ मा कोलम्बियामा भएको विमान दुर्घटनामा
फाइनल खेल्नका लागि कोलम्बिया जाने क्रममा विमान दुर्घटना भएको हो । दुघर्टनामा क्लबका १९ खेलाडीसहित १९ जनाको ज्यान गएको थियो । दुर्घटनामा बाँच्न सफल भएका तीन खेलाडी पाल्मेइराससँगको मैत्रिपूर्ण खेलको क्रममा एरिना कोन्डा
रंगशालमा उपस्थित भएका थिए । डिफेन्डर निटो र एलन रुस्चेल तथा गोलरक्षक ज्याक्सन फाल्लमान्न रंगशालमा उपस्थित थिए ।
उनीहरुसहित ६ जना विमान दुर्घटनामा बाँच्न सफल भएका थिए । शनिबार राति भएको खेलमा रंगशालमा २० हजार दर्शक उपस्थित थिए । दुर्घटनामा बाँच्न सफल भएका तीन खेलाडीलाई ट्रफी तथा मेडल प्रदान गरिएको थियो । दुर्घटनामा बाँच्न सफल
भएका रेडियो पत्रकार राफाएल हेन्जेलले खेलको कमेन्ट्री गरेका थिए । यो खेलका लागि विश्वभरका दुई सय ४१ पत्रकार रंगशाला पुगेका थिए । खेलको ७१ औं मिनेटमा खेल रोकेर दुर्घटनामा ज्यान गुमाएका तथा बाँच्न सफल भएकालाई दर्शक तथा रंगशालमा
उपस्थित सबैले सम्मान प्रकट गरेका थिए । त्यसपछि खेल फेरि नियमित गरिएको थियो ।











0 comments
प्रतिकृया दिनुहोस