नयाँ प्रजातिका माछा किसानलाई दिन थालिएपछि उत्पादनमा वृद्धि

सुनसरी । परम्परागत जातका माछा भन्दा नयाँ प्रजातिका माछालाई विकास गरि कृषकलाई उपलब्ध गराए पछि यसले बढि मुनाफा दिन थालेको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराले पूर्वका विभिन्न क्षेत्रका माछापालक कृषकलाई नयाँ प्रजातिको माछाको भुरा उपलब्ध गराउन थाले पछि कृषकले मनग्ये आम्दानी लिन थालेका छन् ।

मोरङ्ग हसन्दहका कृषक नन्दन थापाले करिव ३ विगाहा क्षेत्रफलमा ११ ओटा माछा पोखरी निर्माण गरि व्यवस्थित माछापालन शुरु गरेका थिए । उनले तरहरा कृषि फार्मको सहयोगमा टिलापिया र पँगास जातका माछा पाल्न थालेपछि अन्य जातका माछा भन्दा यी जातका माछा छिटो बढ्न थालेको बताए ।
कृषकले छोटो समयमा बढी आम्दानी लिन सक्ने यस्ता जातका माछा खान बढी स्वादिलो हुने र कृषकले भएकाले कृषकलाई नयाँ जातका माछा पाल्न कृषि विज्ञहरुले सुझाव दिएका छन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराकी माछा वैज्ञानिक उमिता शाहले पंगास माछाले उत्पादन बढी दिने जानकारी दिए ।
वाइट ः उमिता शाह, माछा वैज्ञानिक, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका प्रमुख डा.हरिकृष्ण श्रेष्ठले पुर्वमा धेरै प्रजातिका माछा पाल्ने गरिएको हुनाले कृषकलाई नयाँ जातका माछा पाल्न प्रोत्साहन स्वरुप भुरा उत्पादन गरी कृषकलाई दिने गरेको बताए ।
अहिले माछाको करिव ५५ प्रतिशत माग भारतीय माछाले पुरा गरेको छ भने नेपालको उत्पादन ४५ प्रतिशत मात्र छ । किसानलाइ नयाँ जातको माछा पाल्न प्रोत्साहन गर्न सकेमा माछामा आत्मनिर्भर बनाउन सक्ने विज्ञहरुको सुझाब छ ।

0 comments

प्रतिकृया दिनुहोस