मृगौला र ब्रेन ह्यामरेज भएर श्रीमती कोमामा, उपचार खर्चमा श्रीमानको मोजमस्ती

मृगौला र ब्रेन ह्यामरेज भएर श्रीमती कोमामा, उपचार खर्चमा श्रीमानको मोजमस्ती
मिडिया एनपी १प्रकाशित मिति: मङ्गलबार, माघ ०४, २०७३१७:०६0
2K
2K
काठमाडौं, ४ माघ । पत्नीको उपचारका लागि सामाजिक सञ्जाल मार्फत उठेको करिब दुई करोड रुपैयाँ आफनै पतिले खाएको रहस्य खुलेको छ ।

सूचना र प्रविधिमा स्नातक गर्न भन्दै अष्ट्रेलिया पुगेकी सृष्टि खनालका पति द्विजेश कोइरालाले पत्नीको उपचारका लागि संकलन भएको एक लाख ८० हजार डलरमा मोजमस्ती गरेको दाबी गरिएको छ ।

साउद एसिया डटकमका अनुसार काठमाडौंकी २७ बर्षीया सृष्टि र उनका पति द्विजेश २२ जुलाई २०१४ मा अष्ट्रेलिया पुगेका थिए । उनका पति डिपेण्डेन्ट भिषामा अष्ट्रेलिया पुगेका हुन् ।

अष्ट्रेलिया पुगेको एक महिनामै सृष्टिको मृगौला समस्या देखियो । उनको अक्टोवर २०१० मै मृगौला प्रत्यारोपण गरिएको थियो । तर, समस्या देखिएपछि उनी फुट स्के अस्पतालमा हुँदै रोयल मेलवर्न अस्पतालमा भर्ना हुन पुगिन् । ब्रेन ह्यामरेज समेत भएकाले उनको बाँच्ने सम्भावना निकै कम रहेको थियो ।

अगष्ट २०१४ मा भर्ना भएर सृष्टि २२ अक्टोवरमा निको भएर डिस्चार्ज भएकी थिइन् । त्यसबीचमा उनका पिता नेपालबाट आएका थिए र अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनलाई नेपाल लिएर गए ।

अस्पताल भर्ना भएपछि पैसाको अभाव भएसँगै सोही अस्पतालबाट ग्रयाजुएट गरेकी नर्स शोभाना थापाले उनको उपचारका लागि मेलवर्नमा रहेका नेपाली समुदायमाझ आह्वान गरिन् । उनको आह्वान गरेसँगै एक लाख ८० हजार डलर जम्मा भयो ।

यता सृष्टि खनालले भनेकी छन्– कि उनका पति द्विजेशले आफू कोमामा रहेका बेला त्यो रकम आफ्नै लागि प्रयोग गरे । सृष्टि कोमामा रहेका बेला द्विजेश महङ्गा सामान खरिद गर्ने, घुमफिरमा हिँडेको साउथ एसिया डट कममा उल्लेख गरिएको छ ।

साउथ एसिया डट कम टड एयुमा राम खत्रीले लेखेको समाचारमा अष्ट्रेलियामा रहेका नेपालीहरुले सृष्टिको उपचारका लागि प्रदान गरेको रकम द्विजेश पश्चिम नेपालको भैरहवामा रहेका आफ्ना परिवारलाई पठाउने गर्थे, त्यतिबेला सृष्टि रोयल मेलवर्न अस्पतालको इन्टेन्सिभ केयर युनिटमा थिइँन् ।

मेलवर्नमा रहेका नेपालीहरु दीपा राई, राजु शाक्य र गौतम लामिछानेले उनको उपचारमा सहयोगका लागि फण्ड जुटाउने अभियानमा अग्रसरता लिएका थिए ।

मेलवर्नका नेपाली अगुवाबाट गरिएको अनुसन्धानबाट सृष्टिलाई उनका पति द्विजेशले धोका दिएको खुलेको साउथ एसियाले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

सृष्टिका अनुसार अष्ट्रेलिया आउनुअघि उनको परिवारको करिव ५० लाख रुपैयाँ खर्च भएको थियो । त्यसमध्ये अष्ट्रेलिया आउनका लागि १८ लाख खर्च भएको थियो । १२ लाख बुबाको अफिसबाट र अन्य रकम अन्य स्रोतबाट जुटाइएको थियो । ‘ऋणको बोझ थेग्न नसकेर मेरा बुबा अहिले बिरामी हुनुहुन्छ’ सृष्टिले भनिन् ।

अष्ट्रेलिया आउनुअघि सृष्टि र द्विजेशले आफूको संयुक्त खातामा २०३७.०२ डलर डिपोजिट गरेका थिए । अष्ट्रेलिया आएको एक महिनाभित्र उनीहरुको सो खातामा मात्र ४०.३६ डलर बाँकी थियो । तर, छोटो समयमै उनीको सो खातामा अथाह पैसा जम्मा भयो ।

साउथ एसिया डट कमले फेला पारेको १६३ पेज लामो बैंक स्टेटमेन्टले अष्ट्रेलियाका नेपाली समुदायले कति सहयोग गरेका थिए भनेर देखाएको छ ।

अविश्वसनीय रुपमा २८८ जनाले अनलाइनमार्फत सहयोग गर्दा मात्र दुई दिनको अवधिमा ८५ हजार ३३४.२१ डलर संकलन भएको थियो ।

जब सृष्टि दुई महिना लामो अस्पताल बसाइपछि निको भएर डिस्चार्ज भइन्, नेपाली समुदायका अगुवाहरुलाई त्यतिबेलै उनका पति द्विजेश कोइरालाको नियतमाथि शंका लागेको थियो कि उनले श्रीमतीलाई नेपाल पठाए ।

सृष्टिलाई नेपाल पठाएसँगै उनका पति शंकाको घेरामा परे । सृष्टिको उपचारका लागि गरेको सहयोग पतिले मोजमस्ती गरेपछि सहयोगी आक्रोशित भए । दुरुपयोग भएको रकम सृष्टिलाई फर्काउन सहयोगीहरुले उनका पतिलाई दबाब दिएका छन् ।

साउथ एसियाका अनुसार केही महिनाका लागि अहिले नेपाली समाज भिक्टोरियाका पदाधिकारीले द्विजेशलाई गल्ती सुधार्न समय दिएका छन् । उनीहरु रकम सृष्टिलाई फिर्ता गर्नका लागि प्रयासरत छन् ।

अलग भइसकेका यी पति–पत्नीबीच डिसेम्बर ३, २०१६ मा भएको सहमतिको मस्यौदा अनुसार द्विजेशले सृष्टिलाई ७० हजार डलर फिर्ता गर्नुपर्नेछ ।

0 comments

प्रतिकृया दिनुहोस