मन्त्रिपरिषद् विस्तार हुँदै, सिंह र खड्का मन्त्री बन्दै
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार चौथो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन्।
प्रधानमन्त्री प्रचण्डले समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्कालाई सरकारमा सहभागी गराउँदै बिहीबार दिउँसो चौथो पटक मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्। बिहीबार दिउँसो शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम छ।
सिंहले खानेपानी तथा सरसफाइ मन्त्रालय र खड्काले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने छन्। सिंहले यसअघि केपी ओली नेतृत्वको सरकारमा पनि खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। खड्का भने पहिलोपटक मन्त्री बन्न लागेका हुन्।
दुई मन्त्री थपिएसँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकार ४३ सदस्यीय हुनेछ।

0 comments
प्रतिकृया दिनुहोस