मलेसियामा गैरकानुनी कामदार दर्ता गर्न १ वर्षको समय
मलेसिया। मलेसियामा गैरकानुनी आप्रवासी कामदारका लागि दर्ता भई काम गर्न पाउनेगरि यसअघि घोषणा गरेको ‘रिहाइरिङ प्रोग्राम’ को म्याद १ वर्ष कायम रहने जनाइएको छ ।
इसरकारी सेवा प्रदायक कम्पनी ‘माइइजी सर्भिसेज बर्हाड’ नामक कम्पनीले गैरकानुनी आप्रवासी कामदार दर्ता एवं व्यवस्थापन गर्नका लागि आफुले यसैवर्ष अन्त्यसम्मका लागि सरकारी अनुमति पाएको जनाएको छ । उक्त कम्पनीलाई उद्धृत गर्दै स्थानीय द स्टार अनलाइन लेख्छ, ‘गृहमन्त्रालयबाट् त्यसबारे सोमबार एक पत्र प्राप्त गरेको उक्त कम्पनीले जनाएको छ ।’


0 comments
प्रतिकृया दिनुहोस