अमेरिकी जनतालाई ट्रम्पको प्रश्न:किन निर्वाचित गराएको ?

न्युयोर्क।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध भइरहेको विरोध आश्चर्यजनक नरहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले विरोध कार्यक्रमले आफू कमजोर नहुने जनाएका छन् । ‘मैले पनि हेरेँ, अमेरिकालगायत अन्य राष्ट्रहरूमा पनि मविरुद्ध विरोध कार्यक्रम भइरहेका छन्, यसले ट्रम्प प्रशासन कमजोर हुँदैन, बरु यस किसिमको कार्यक्रमबाट हामी थप मजबुत हुन्छौँ,’ ट्रम्पले सोमबार ट्विटरमा पोस्ट गरेका छन् । ४५औँ राष्ट्रपतिका रूपमा शपथ लिएपछि ट्रम्पविरुद्ध महिलाहरूको अगुवाइमा अमेरिकाका विभिन्न सहर र विश्वका केही स्थानमा प्रदर्शन भइरहेका छन् ।

0 comments

प्रतिकृया दिनुहोस