अन्तिम ट्वीटमा के भने बराक ओबामाले ?
बराक ओबामाले आफू अमेरिकाको राष्ट्रपति नभएपनि अमेरिकी समाजको लागि काम गर्न कहिले पनि नरोक्ने बताएका छन् ।
ओबामाले अमेरिकी राष्ट्रपतिको दुई कार्यकाल समाप्त गरेपछि शुक्रबार ह्वाइट हाउसलाई अन्तिम विदाई गरे ।
यससँगै डोनल्ड ट्रम्प अमेरिकाका ४५ औं राष्ट्रपति बनेका छन् ।
ट्रम्पको शपथ ग्रहण समारोहभन्दा केही घण्टा पहिले ओबामाले एक पछि अर्को गरी थुप्रै
ओबामाले भने, ‘तपाईंको सेवा गर्नु मेरो जीवनको लागि गौरवाको कुरा रह्यो । तपाईंले मलाई राम्रो नेता र उत्कृष्ट व्यक्ति बनाउनुभयो ।’
अर्को ट्वीट गरेर ओबामाले भने, ‘म रोकिने छैन । सत्यता र न्यायका लागि उठाईको तपाईंको आवाज, तपाईंको प्रेमले प्रेरित भएर एक व्यक्तिको रुपमा म तपाईंको साथमा रहनेछु ।’
ओबामाले लेखे, ‘अब म तपाईंको ती मुद्दामा काम गर्न चाहन्छु जुन तपाईंको लागि सबैभन्दा महत्वपूर्ण छ । आफ्नो विचार मसँग साट्नुहोस् ।’
अर्को एक ट्वीटमा ओबामाले लेखे, ‘म अहिले पनि तपाईंलाई भन्नेछु कि परिवर्तनका लागि तपाईं मलाई होइन आफ्नो योग्यतालाई विश्वास गर्नुहोस् । म परिवर्तनमा विश्वास गर्छु किनभने म आफूमा विश्वास गर्छु ।’



0 comments
प्रतिकृया दिनुहोस