आफ्नै निर्देशनमा छोरीलाई डेब्यू गराउने तयारीमा करिष्मा
आफ्नै निर्देशनमा छोरीलाई डेब्यू गराउने तयारीमा करिष्मा
अभिनेत्री करिश्मा मानन्धरले आफ्नो निर्देशकिय डेब्यू रहने फिल्मबाट आफ्नी एक मात्र सन्तान कवितालाई नेपाली रजतपटमा डेब्यू गराउने भएकी छन्। फिल्मको हाल स्क्रिप्ट, संगीत लगायतका प्रिप्रोडक्सनको काम चलिरहेको छ।
फिल्म खेल्नका लागि करिष्माले छोरीलाई तौल घटाउन लगाइरहेको बताइन्छ। करिष्माकी छोरी यतिबेला अमेरिकामा आफ्नो अध्ययनलाई निरन्तरता दिइरहेकी छन्। फिल्ममा छोरीले रूचि देखाएपछि करिष्माले आफ्नै ब्यानरबाट उनलाई सुरुवात गराउन लागेकी हुन्। फिल्मको घोषणा केही समयपछि गर्ने तयारीमा करिष्मा रहेकी छन्।
पछिल्लो पटक करिष्माले लामो अमेरिका बसाइ पछि 'फागु' निर्माण गरेकी थिइन्।


0 comments
प्रतिकृया दिनुहोस