देउवाले परराष्ट्र मन्त्रालय दिन्न भनेपछि ‘बिच्किए’ कमल थापा !

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परराष्ट्र मन्त्रालय दिन नसक्ने बताएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा ‘बिच्किए’का छन्

देउवाले परराष्ट्र मन्त्रालय दिन्न भनेपछि ‘बिच्किए’ कमल थापा !
मिडिया एनपीप्रकाशित मिति: बुधबार, माघ ०५, २०७३१०:२०0
0
काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परराष्ट्र मन्त्रालय दिन नसक्ने बताएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा ‘बिच्किए’का छन् ।



देउवालाई भेट्न करिब डेढ साता अघि बुढानिलकण्ठ पुगेका थापाले देउवासँग परराष्ट्र मन्त्रालय मागेका थिए । देउवालाई उनले आफुलाई उपप्रधान सहित परराष्ट्रमन्त्री बनाउन आग्रह गरेका थिए । तर, देउवाले थापाको प्रस्ताव ठाडै अस्विकार गरेका थिए ।

देउवासँगको भेटमा आफ्नो दल सरकारमा भएपनि दुई राप्रपाको एकिकरणपछि सरकारमा हिस्सा थपिनु पर्ने र आफुलाई परराष्ट्रमन्त्री बनाउनु पर्ने थापाले बताएका थिए ।

देउवाले थापालाई उपप्रधानमन्त्री बनाउन सकिने तर, कुनै पनि हालतमा परराष्ट्रमन्त्रालय दिन नसक्ने बताएको स्रोतको भनाई छ । स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रकाशशरण महतले आफुलाई पार्टीको महाधिवेशनमा पनि सहयोग गरेको र सरकारमा पनि उनको ‘प्रर्फमेन्स’ पनि राम्रो भएकाले आफुले उनलाई ‘व्याक’ गराउन नसक्ने देउवाले बताएका थिए ।

देउवाले परराष्ट्र मन्त्रालय दिन नसक्ने बताएपछि थापा देउवा निवासबाट बिच्किएर निस्किएको स्रोतको दावी छ । मंसिर ६ गते तत्कालिन राप्रपा र राप्रपा नेपालबीच एकिकरण भएपछि राप्रपाको अध्यक्ष भएका थापाले कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा आफ्नो हिस्सा बढाउन माग गर्दै आएका छन् ।

यता पौष २४ गते सरकारले संसदमा टेबुल गराएको संविधान संशोधन विधेयक पास गराउनका लागि राप्रपाको सहयोग आवश्यक रहेकाले सरकारमा राप्रपाको हिस्सा बढाउने तयारी थालेका छन् । तर, थापाले परराष्ट्र मन्त्रालय नपाए कुनै पनि हालतमा सरकारमा नजाने मनस्थिती बनाएका छन् ।

स्रोतका अनुसार थापाले अन्तराष्ट्रिय सम्बन्ध विकास गरी राजतन्त्र फर्काउन माहोल बनाउन परराष्ट्र मन्त्रालय ताकेका हुन् । राप्रपा एकिकरण पछि थापा नेपाललाई हिन्दु राष्ट्र बनाउन र राजतन्त्र फर्काउन माहोल बनाउन लागि परेको स्रोतको दावी छ ।

सत्तारुढ दलसँग थापाले परराष्ट्र मन्त्रालय नपाए संशोधन विधेयकमा भोट चेतावनी दिइरहेका छन् । उनले संशोधन विधेयकलाई राजतन्त्रको विषयमा पुर्नविचार गर्न र हिन्दु राष्ट्र कायम हुने गरी परिमार्जन गरे मात्रै विधेयकको पक्षमा उभिने भन्दै सत्तारुदललाई घुर्की समेत लगाउन थालेका छन् ।

यस्तै थापाले परराष्ट्रसँगै स्थानिय विकास मन्त्रालय समेत मागेका छन् । पार्टीको संगठन विस्तार गर्न सहज हुने देखेर उनले स्थानिय विकास मन्त्रालय मागेको स्रोतको दावी छ । २ मन्त्रालय थपिँदा सरकारमा राप्रपाका ४ मन्त्री हुने छन् । अहिले सरकारमा राप्रपाका तर्फबाट दिपक बोहोरा र विक्रम पाण्डे मन्त्री छन् । सत्तारुढ दलले भने राप्रपालाई तीन मन्त्रालय मात्रै दिन सक्ने बताएका छन् ।

0 comments

प्रतिकृया दिनुहोस