इन्टरपोलको भूमिका प्रशंसनीय : प्रधानमन्त्री

काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहालले अपराध नियन्त्रणमा अन्तराष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलले खेलेको भूमिकाको प्रंशशा गरेका छन् ।

प्रधानमन्त्री दाहालले इन्टरपोलका अध्यक्ष मेङ्ग हंग्वेईसँग आफ्नै सरकारी निवास बालुवाटारमा शिष्टाचार भेटगरी विश्वभरका अपराध नियन्त्रणमा इन्टरपोलले प्राप्त गरेको सफलता सबैका लागि प्रशंशनीय रहेको बताएका हुन् । त्यस अवसरमा प्रधानमन्त्री दाहालले अपराध नियन्त्रणका लागि विश्वले लिएको रणनीतिबारे जानकारी लिन पाउने गरी इन्टरपोलको एशीया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुनु गौरवको विषय भएको बताएका थिए ।

यता, इन्टरपोलका अध्यक्ष मेङ्गले इन्टरपोलले अपराध नियन्त्रणमा क्षेत्रमा लिएको कदममा नेपालले सधैं साथ दिने गरेको बताएका थिए । इन्टरपोलले अपराध नियन्त्रणको क्षेत्रमा प्राप्त गर्दै आएको सफलताको पनि प्रधानमन्त्रीले खुलेर प्रशंशा गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । अध्यक्ष मेङग इन्टरपोलको एशीया क्षेत्रीय सम्मेलनमा भाग लिन मंगलबार नेपाल आएका हुन् ।

0 comments

प्रतिकृया दिनुहोस