घरको नक्सा देखाएर चौधरी ग्रुपले बनाइदियो भूकम्पपीडितलाई टहरा

२०७२ साल वैशाख १२ गते नेपालमा भूकम्प गएको १२ औं दिनमा चौधरी ग्रुपले ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरेर भूकम्पपीडितलाई २५ करोडको राहतको घोषणा गर्‍यो। पत्रकार सम्मेलनमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भूकम्पपीडितका लागि १ हजार घर आफैँ बनाइदिने र बाँकी ९ हजार घर दातृ निकायको सहयोगमा बनाइदिने घोषणा गरे।

उनले प्राइस वाटर हाउस कुपर्स पिडब्लुसी भारत र सिड्ससँग आफूहरुले सहकार्य गर्न लागेको बताएका थिए। भूकम्प गएको ६ महिनाभित्र घर बनाइदिने उनले घोषणा समेत गरेका थिए। काठमाडौंको चन्द्रागिरीस्थित मच्छेगाँउमा चौधरी समूहले भदौं महिनाबाट घर बनाउन सुरु गर्‍यो। मच्छेगाउँसँगै भूकम्प प्रभावित जिल्लाहरुमा उसले घर बनाउने अभियान तिब्र पार्‍यो।

तर चौधरी समूहले भूकम्प पीडितहरुलाई एउटा घरको नमूना देखाएर झारो टार्ने काम गरेको भेटिएको छ। पत्रकार सम्मेलनमा चौधरीले भूकम्प पीडितलाई यस्तो घर (माथि हेर्नुहाेस तस्बिर) बनाइदिने नमूना सार्वजनिक गरेका थिए।

तर पछि चौधरी ग्रुपले भूकम्पपीडितहरुका लागि यस्तो टहरा बनाइदिएको थियो।

0 comments

प्रतिकृया दिनुहोस