विश्‍वकै सबैभन्दा अदभूत महिलाहरु

एजेन्सी, संसारभरमा विलक्षण प्रतिभाको कुनै कमी छैन। मानिसहरु आफ्नो क्षमता देखाउन धेरै नै आतुर हुन्छन्। अब्बल र फरक क्षमताका धनी व्यक्तिहरुले नै अहिले गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन थालिसकेका छन्। यही कारण संसारमा फरक महिला जसले संसारमै आफ्नो फरक पहिचान बनाइ सकेकी छन्। ती अद्भूत महिलाहरुको बारेमा यहाँ चर्चा गरिएको छ।

१. एलिसनी सिल्वा
एलिसनी सिल्वा संसारकै सबैभन्दा अग्ली महिला हुन्। उनको लम्बाई ६ फिट ९ इन्च रहेको छ।उनको यति धेरै लामो लम्बाइले समस्या हुने गरेको छ।

तर उनको श्रीमानको लम्बाई ५ फिट ४ इन्च रहेको छ। उनीहरुको जीवन यतिबेला स्वस्थ र मस्त रहेको छ।

२. मिसाओ ओकावा
सायद तपाईलाई विश्‍वास नलाग्‍न सक्छ की मिसाओ ओकावा ११७ वर्षको उमेरसम्म बाँचिन। उनी सन् १८९८ मा जन्मिएर सन् २०१५ अप्रिल १मा संसारबाट विदा भएकी थिइन्।
मिसाओलाई संसारकै सबैभन्दा जेठी व्यक्तिको रुपमा लिइन्छ। उनले गिनिज अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाइ सकेकी छन्।

३. वीनस पालेर्मो उर्फ वीनस एन्जेलिक
यो तस्बिरलाई देखेर तपाईले अनुमान गर्नुहुन्छ की यो मान्छे नभइ एउटा डल अर्थात खेलौना हो भनेर। तर यो कुनै खेलौना नभएर एक जिवित महिला नै हुन्।
उनले कन्ट्याक्ट लेन्स प्रयोग गर्ने गर्छिन्। उनले आफूलाई एउटा डल जस्तै सजाएर राख्‍ने गरेकी छिन्। त्यसैकारण पनि उनलाई हेर्ने जोकोही पनि एक पटक त झुक्किएर डल नै भन्ने गर्छन्। छाम्‍न पनि खोज्‍नछन्।

४. जूलिया ग्नूसे

जूलिया ग्नूसे यस्ती महिला हुन् जसले आफ्नो शरीरको ९५ प्रतशत भागमा ट्याटू खोपाएकी छिन्।जूलियाको नाम गिनिज अफ वर्ल्ड रेकर्डमा
दर्ता भएको छ।
उनले आफ्नो शरीरमा यति धेरै ट्याटु बनाउनुको कारण उनलाई पोर्फिरिया नामक रोगले पीडित छिन्। यो रोगले शरीरमा सूर्य किरण पर्ने बित्तिकै चिलाउने र दुख्‍ने भएकाले यसबाट बच्‍न उनीले शरीर भरि नै ट्याटू बनाएकी हुन्।

६. अनेटा फलोरजिक

पोल्‍याणडमा बस्दै आएकी अनेटा संसारकै सबैभन्दा शक्तिशाली महिला हुन्। उनी एथलेटिक्स खेलाडि पनि हुन्।
उनले १३५ केजीको तौल सजिलै बोक्‍न सक्छिन्। उनले ३४५ केजीको तौल सधै अभ्यासका क्रममा तथा २७० केजीको तौल डेडलिफ्ट गर्ने गर्छिन्।

६. आशा मन्डेला
आशा मन्डेला संसारकै सबैभन्दा लामो कपाल भएकी महिला हुन्। उनको कपालको लम्बाइ ५.९ मिटर रहेको छ।
कम्मर मात्र १६ इन्च रहेको छ
उनले आफ्नो कम्मर पातलो गर्नका लागि ३ वर्षसम्म आफ्नो शरीरमा कारसेट लगाइ रहिन्
८. मिकेल रफिनेली

मिकेल संसारमा सबैभन्दा ठूलो हिप्‍स वाली महिला हुन्। उनको हिप्‍स ८ फीटभन्दा ठूलो रहेको छ भने कम्मर ४० इन्चको रहेको छ।
९. अटाए एलिगिडाग्ने

अटाए विश्‍वकै सबैभन्दा ठूलो ओठ भएकी महिला हुन्। उनको ओठ ७.६ इन्च रहेको छ।
१०. मैन्डी सेलर्स

मैन्डी सेलर्स संसारमै सबैभन्दा ठूलो खुट्टा भएको महपला हुन्। सानैदेखि उनको खुट्टा शरीरको भागभन्दा धेरै ठूलो भएको थियो।
उनको खुटा सधारण मानिसको भन्दा तीन गुणा ठूलो छ।

११. चैरिटी पियर्स
च्यारिटी पिय संसारकै सबैभन्दा धेरै तौल भएकी महिला हुन्। उनको तौल ३४५ किलो रहेको छ।
१२. ज्योति आमगे

भारतकी महिला ज्योति आमगे संसारकै सबैभन्दा कम लम्बाई भएकी महिला हुन्। उनको लम्बाई मात्र २३ इन्च रहेको छ।

0 comments

प्रतिकृया दिनुहोस