अन्तरिक्ष यात्री गेने सरननको निधन

काठमाडौं, माघ ४ । चन्द्रमामा पाइला टेक्ने अमेरिकी अन्तरिक्ष यात्री गेने सरननको ८२ वर्षको उमेरमा निधन भएको छ

केही समयदेखि अस्वस्थ रहँदै आएका उनको मृत्यु भएको पारिवारिक स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरनन चन्द्रमामा अन्तिम मानव पाइला राख्ने अन्तिम अन्तरिक्ष यात्री हुन् । सरननले सन् १९७२ मा चन्द्रमामा अन्तिम पाइला राखेको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ । यसबाहेक उनी एलोप्पो १७ मिसनका कमाण्डर समेत रहेका थिए । चन्द्रमामा हालसम्म १२ जना अन्तरिक्ष यात्रीले पाइला टेकेका छन् । जसमध्ये ६ जना अझै जिवित छन् । उनले चन्द्रमाको यात्रासहितको आफ्नो डकुमेन्ट्री बनाएका थिए । जुन निकै चर्चित बनेको थियो । (एजेन्सी)

0 comments

प्रतिकृया दिनुहोस