‘विमान आपूर्ति सम्झौता यसै हप्ता’
ठूला आकारका दुईवटा युरोपेली एयरबस जहाजको आपूर्तिसम्बन्धी सम्झौताका लागि विमान खरिदबिक्रीमा संलग्न अमेरिकी कम्पनी एएआर कर्पोरेशनका प्रतिनिधिहरु यसैसाता नेपाल आउन लागेको अधिकारीहरुले बताएका छन्। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको सञ्चालक समितिबाट खरिद स्वीकृति प्राप्त भएलगत्तै तीव्र तयारी थालेको निगमले सम्झौता भएको कम्तीमा आठ महिनाभित्र नै पहिलो जहाज आउने बताएको छ। २५ अर्ब रुपैयाँ लगानी गर्ने सरकारी जमानी र निगम सञ्चालक समितिबाट गत शनिबार प्राप्त स्वीकृतिलगत्तै जहाज खरिदबारे समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो। चाँडै तीन महिनाअगाडि निगमले गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा सबैभन्दा कम मूल्य कबोल गरेको सो अमेरिकी उड्डयन सहयोग कम्पनी एएआरले एयरबसको विमान उपलब्ध गराउने प्रस्ताव स्वीकृत भएको निगम सञ्चालक समितिले बताएको छ। सञ्चालक समितिका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव शंकर अधिकारीले भने," पहिलो विमान २०१७ को सेप्टेम्बरभित्र र अर्को विमान त्यसको ६ महिना पछि उपलब्ध गराउने शर्तमा जहाज आउनेछ।" विमान खरिदका लागि विभिन्न १० वटा अन्तर्राष्ट्रिय कम्पनीले बोलपत्रमा भाग लिएको जनाइएको छ। निगमले जनाए अनुसार दुईवटा विमानका लागि साढे २२ अर्बभन्दा बढी रकम लाग्नेछ। घटबढ तर सम्झौतापछि उक्त रकममा केही हेरफेर हुन सक्ने सञ्चालक समितिका अध्यक्ष अधिकारीले बताए। पहिलो विमान २०१७ को सेप्टेम्बरभित्र र अर्को विमान त्यसको ६ महिना पछि उपलब्ध गराउने शर्तमा जहाज आउनेछ शंकर अधिकारी, पर्यटन सचिव उनले भने," कम्पनीले हरेक वर्ष एउटा निश्चित दर राखेको हुन्छ। त्यो दर अनुसार विमानको मूल्य थपघट हुने गर्छ। कहिलेकाँही मूल्य घट्ने पनि हुन्छ। तर प्राय: चाहिँ वृद्धि नै हुनेगर्छ। "जस्तै गत पाँच वर्षको औसत हेर्ने हो भने २.७७ प्रतिशत बढेको देखिन्छ। अहिले २०१७ को वृद्धि चाहिँ १ प्रतिशत मात्र भएको समाचार आएको छ। तर त्यो निश्चितचाहिँ भइसकेको छैन।" लामो दुरीमा उडान भर्ने उद्देश्यका साथ नेपाल वायुसेवा निगमले ठूला आकारको विमान किन्ने प्रक्रिया थालेको थियो। गन्तव्य निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार नयाँ विमान ल्याइएपछि साउदी अरेबिया र दक्षिण कोरिया उडान गरिनेछ। साथै अहिले सेवा दिइरहेका गन्तव्यमा पनि उडान थपिने कंसाकारले बीबीसीलाई बताए। विमान खरिद गर्न अर्थ मन्त्रालयको जमानीमा कर्मचारी सञ्चय कोषले रकम उपलब्ध गराउने बताइसकेको छ। तर बजारमा अन्य ब्याङ्क र वित्तीय संस्थाहरु समेत लगानीका लागि तयार भएकोले सस्तो ब्याजदर दिने संस्थासँग ऋण लिने तयारी गरिने निगमको भनाइ छ। अहिले निगमको एउटा बोइङ र दुईवटा एयरबसले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्। -source


0 comments
प्रतिकृया दिनुहोस