सरकार गठनको ६ महिनापछि दुई मन्त्री थप
प्रधानमन्त्री पुष्पकमल दाहालले दुई मन्त्री थप गरेर आज मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । संविधान संशोधनको बिषयमा संसदभित्र सत्तापक्ष र प्रतिपक्षीबीच धुव्रिकरण बढिरहेका बेला प्रधानमन्त्री दाहालले साना दललाई सरकारमा सहभागि गराउनु भएको हो । दुई जना मन्त्री थपिएसँगै मन्त्रिपरिषद ४३ सदस्यीय भएको छ । नवनियुक्त मन्त्रीद्धय समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खडकाले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिनु भएको छ । सिंहलाई खानेपानी तथा सरसफाइ मन्त्रालय र खड्कालाई महिला, बालबालिका तथा समाज कल्याण मनत्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सरकार गठनको ६ महिनापछि प्रधानमन्त्री दाहालले दुई मन्त्री थप्नु भएको हो । संसदमा दुवै नेताको दलबाट सिंह र खड्का मात्रै एक–एक जना सांसद छन् ।


0 comments
प्रतिकृया दिनुहोस