चिनियाँ सुपर लिगका क्लबमाथि अङ्कुश

माघ ४ – चिनियाँ सुपर लिगका क्लबले आउँदो सिजनमा एक खेलमा चीन बाहिरका तीन खेलाडी मात्रै खेलाउन पाउने भएका छन् । चिनियाँ सुपर लिगको नयाँ सिजन आउँदो मार्चमा सुरु हुँदैछ । लिगका क्लबले ठूलो मूल्यमा युरोपका खेलाडी भित्र्याउन थालेपछि नयाँ नियम बनाइएको हो । नयाँ नियमले खेलाडीका लागि हुने खर्च कम गर्न सकिने चीनको फूटबल सम्बन्धी नियामक

थालेपछि नयाँ नियम बनाइएको हो । नयाँ नियमले खेलाडीका लागि हुने खर्च कम गर्न सकिने चीनको फूटबल सम्बन्धी नियामक निकायले जनाएको छ । खेलाडीका लागि चाइनिज सुपर लिगका क्लबले आवश्यक भन्दा धेरै रकम तिरेकाले त्यसलाई नियन्त्रण गर्न नयाँ नियम बनाइएको चिनियाँ फुटबल एसोसिएसनको वक्तव्यमा उल्लेख छ । यसअघि लिगको एक खेलमा क्लबले पाँच जना विदेशी खेलाडी खेलाउन पाउने व्यवस्था थियो । त्यसमा एक जना चाहीँ एसियाली देशको हुनु पर्ने नियम थियो । यस्तै २३ वर्षमुनिका कम्तिमा दुई खेलाडी खेलको दिनको टिममा हुनु पर्ने नियम पनि बनाइएको छ । -source

0 comments

प्रतिकृया दिनुहोस