ओलीको सहमतिमा संशोधन प्रस्ताव टेबल गरेको प्रधानमन्त्रीको खुलासा

काठमाडौं–प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको सहमतिमै संविधान संशोधन प्रस्ताव संसदमा पेश भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीसँग सहमति लिएरै आईताबार संसदमा संविधान संशोधन प्रस्ताव पेश गरिएको खुलासा गरेका हुन् । उनले चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै जबरजस्ती संसदमा संविधान संशोधन प्रस्ताव पेश गरिएको भन्ने कुरामा सत्यता नरहेको दावी गरे । प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग एक घण्टा लामो छलफल पछि बिरोध गरेजस्तो गर्दै संविधान संशोधन प्रस्ताव पेश गर्ने सहमति भएको पनि उल्लेख गरे । प्रधानमन्त्री दाहालले एमालेसहितका विपक्ष दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास पनि व्यक्त गरे । उनले निर्वाचनमा जाने गरी अघि बढन आफू प्रयासरत रहेको दावी पनि गरे । प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि विपक्ष एमालेसँग असहमतिका बीच सहमति गर्दै जाने समझदारी बनेको पनि स्पष्ट पारे । प्रधानमन्त्री दाहालले आफू विकास निर्माणको काममा केन्द्रित भएर देश दौडाहामा निस्केको पनि बताए । प्रधानमन्त्री दाहालले आफूले पाएको जिम्मेवारी पुरा नगरी सरकार नछाडने पनि बताए ।

0 comments

प्रतिकृया दिनुहोस