हाईड्रोपावरमा अब अनलाइनबाटै लगानी प्रस्ताव गर्न सकिने
काठमाडौं–उर्जा मन्त्रालयले विद्युत्तमा लगानी गर्न इच्छुक लगानीकर्ताका लागी अनलाइनबाटै प्रस्ताव गर्ने सक्ने सिस्टमको शुरुवात गरेको छ । सोमबार उर्जामन्त्री जनार्दशन शर्माले वेबसाईटको उद्घाटन गर्दै अनलाईबाट संकलन भएको रकम विभिन्न आयोजनाहरुमा लगानी गरिने जानकारी दिए । ‘शेयर लगानी प्रतिबद्धता आह्वान’ गर्नका लागी वेभसाईड निर्माण गरेका हौं’ उर्जामन्त्री शर्माले भने, ‘यसबाट लगानीको सुनिश्चितता भएपछि विभिन्न आयोजनाहरु शुरु गरिनेछ ।’
उर्जा मन्त्रालयले हालसम्म गरेका काम र आगामी योजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उर्जामन्त्री शर्माले देशलाई नै लोडसेडीङ मुक्त गर्ने अभियान अगाडी बढाइएको बताए । उनले भने, ‘अहिले हामीलाई २७२१ मेगवाट बिजुली आवश्यक छ, आगामी २०३५ सालसम्ममा हामीलाई २९ हजार मेगवाट बिजुली आवश्यक हुन्छ ।’ उर्जा मन्त्रालयले अनुमतिपत्रसम्बन्धि निर्देशिका जारी गरेको जानकारी दिँदै मन्त्रि शर्माले भने, ‘बंगलादेशबाट उर्जा उत्पादनमा सहकार्यका लागी पठाएको एमओयु यहाँका विभिन्न निकायहरुसँग सहमति लिएर फिर्ता पठाइसकेका छौं ।’ ‘चमेलिया जलविद्युत्तको आयोजनाको काम अब एक तिहाईमात्र बाँकी छ, कर्णाली प्रदेशका सबै घर परिवारले कम्तिमा एक लाख रुपैयाँ शेयर हाल्ने गरी प्रक्रिया अगाडी बढाइएको छ’ मन्त्री शर्माले भने, ‘ढल्केवर प्रशारण लाईन लागायतका बर्षौदेखि अलपत्र आयोजना सुचारु गरिएको छ ।’

0 comments
प्रतिकृया दिनुहोस