साझाले उपत्यकाबाहिरका रुटमा २० प्रतिशत भाडा घटायो (भाडादरसहित)

साझा यातायातले उपत्यकाबाहिरका रुटमा चल्ने गाडीको भाडादर घटाएको छ। हाल उपत्यका बाहिर तीनवटा रुटमा सेवा प्रदान गरिरहेको साझाले २० प्रतिशत भाडा घटाएको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए। गएको असोज १६ गतेदेखि उपत्यकाबाहिर पनि सेवा दिन सुरु गरेको साझाले हाल काठमाडौंबाट गोरखा,बाग्लुङ,पोखरा, विरगंज,भैरहवा,लुम्बिनीको लागि ८ वटा बसबाट सेवा दिइरहेको छ। यसअघिको भाडादरमा २० प्रतिशत घटाएर नयाँ भाडादर माघ १ गतेदेखि लागु हुने पाण्डेयले सेतोपाटीलाई जानकारी दिए। यात्रुहरुलाई सहज,सुलभ र सस्तोदरमा यात्रा गराउने साझाको योजना अनुसार नै भाडा घटाइएको साझाले जानकारी दिए। -source यस्तो छ भाडादर र रुट

0 comments

प्रतिकृया दिनुहोस