करिना जन्मदाँ अनि छोरो जन्माउँदा घटेको एकै संयोग!
एजेन्सी। लामो पर्खाइ पछि नवाब खानदानकी बुहारी करीना आमा बनेकी छिन। मंगलबार उनले छोरो पाइन। सेफ अली खान र करिना मिलेर छोराको नामाकरण पनि गरे, तैमूल अली खान पटौदी। यो नयाँ नामलाई लिएर मिडियामा निकै चर्चा पनि भए, ट्वीटरमा ट्रेन्डिङ भए। करिनाको डेलिभर मंगलबार बिहान मुम्बइको ब्रिच क्याण्डी अस्पतालमा भएको थियो। पद्मश्री अवार्ड पाएका डाक्टर रुस्तम फिरोज सुनावालाले करिनाको डेलिभरी गराएका थिए। करिना आफु गर्भवति भएदेखि नै यीनै डाक्टरसंग उपचार अनि सल्लाह गर्दै आएकी थिइन। रोचक कुरा त यो छ कि, जब करिनाको जन्म भएको थियो सो समयमा उनकी आमा बबिताको डेलिभरी पनि यीनै डाक्टरले गराएका थिए। करिनाको जन्म २१ सेप्टेम्बर १९८० मा भएको थियो। महिना र वर्ष ख्याल नगर्ने हो भने, छोराको जन्मदिनको केवल १ दिन पछि करिनाको जन्मदिन छ। डाक्टर सूनावालाले शाहरुख खानकी पत्नी गौरी र रणवीर कपूरको जन्मको समयमा नीतू सिंहको डेलिभरी पनि गराइसकेका छन्। ८७ वर्ष पुगिसकेका यी डाक्टरले सन् १९४८ देखि आफ्नो डाक्टरी पेसा सुरु गरेका थिए। उनलाई इन्ट्रा यूटेरिन कन्ट्रासेप्टिभ डिभाइस बनाउनको लागि सन् १९९१ मा पद्मश्रीको उपाधी दिइएको थियो। डाक्टर सूनावाला कपुर परिवारको मात्र होइन बच्चन परिवारको पनि डाक्टर हुन। -source


0 comments
प्रतिकृया दिनुहोस