एभर्टनसँगको लज्जास्पद हारपछि ग्वार्डिओलाको स्वीकारोक्ति : सिटी उपाधि होडबाट बाहिर
लण्डन – एभर्टनसँग ४–० को लज्जास्पद पराजय बेहोरेपछि म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टोली प्रिमियर लिगको उपाधि होडबाट बाहिरिएको बताएका छन् । मर्सिसाइडमा पराजित भएपछि शीर्ष स्थानमा रहेको चेल्सीसँग सिटी १० अंकले पछि परेको छ । यो ग्वार्डिओलाको प्रशिक्षकका रुपमा सबैभन्दा ठूलो पराजय हो । शीर्ष स्थानसँग दुरी धेरै भएन ? भन्ने प्रश्नमा उनले भने, ‘हो, १० अंक धेरै हो ।’ ४५ वर्षीय ग्वार्डिओलाले आफ्ना खेलाडीहरुलाई ‘खराब स्थितिमा’ एकताबद्ध हुन र ‘लिग टेबललाई भूल्न’ आग्रह गरे । ‘सिजनको अन्त्यमा हामी हाम्रो स्तर नाप्ने छौँ । हाम्रो प्रदर्शन कस्तो रह्यो, प्रशिक्षक कस्ता थिए, कस्ता खेलाडी थिए, त्यसपछि हामी निर्णय लिने छौँ,’ उनले भने । पराजयपछि सिटी लिगको पाँचौँ स्थानमा खस्किएको छ । तैपनि ग्वार्डिओले आफू सिटीमा खुसी नै रहेको बताए । तथ्यांकमा खेल – प्रिमियर लिगमा यो एभर्टनको सिटीविरुद्ध सबैभन्दा ठूलो जीत हो । – एभर्टनले पोष्टमा प्रहार गरेको चारवटै प्रहार गोलमा परिणत भएको थियो । – पछिल्ला ७ मध्ये चार खेलमा सिटीले विपक्षीको पहिलो प्रहारमा नै गोल खाएको छ । – घरेलु मैदानमा खेलिएका पछिल्ला ९ खेलमा रोमेलु लुकाकु ८ गोलमा संलग्न छन् । जसमध्ये उनले ५ गोल गरेका छन् भने ३ वटा गोलको अवसर सृजना गरेका छन् । – खेलको २५ औँ मिनेटमा मात्र खेलमा गोलपोस्टमा पहिलो प्रहार भएको थियो । यो सिजन यति ढिलो विपक्षीको पोष्टमा भएको दोस्रो अवसर हो । यसअघि जनवरी १४ मा वार्टफोर्ड र मिडल्सब्रोवीचको खेलमा २६ मिनेटमा पहिलो प्रहार भएको थियो । -source


0 comments
प्रतिकृया दिनुहोस