'जुड्वा २'मा यस्तो हुनेछ सलमानको भूमिका

सलमान खानको हिट फिल्म 'जुड्वा'को सिक्वल बन्दै छ। फिल्ममा बरूण धवनले दोहोरो भूमिका निभाउँदै छन्। डेभिड धवनको यस फिल्ममा सलमान खानले पनि काम गर्दैछन्। उनी फिल्ममा अतिथि भूमिकामा देखिनेछन्।
उनको सो रोल कस्तो हुनेछ भन्ने बारेमा धेरैलाई थाहा छैन।मिडिया रिपोर्टहरूका अनुसार फिल्ममा उनी पनि दोहोरो भूमिकामा देखिनेछन्। फिल्ममा सलमान पहिलो सिक्वलमा रहेका राजा तथा प्रेम पात्रको दोहोरो भूमिकामा हुनेछन्। सो फिल्म १९९७ मा रिलिज भएको थियो।
त्यसैगरी फिल्मका निर्माता साजिद नाडियालवाला तथा डेभिडले फिल्ममा सोही फिल्मका नायिकाहरू करिष्मा कपुर तथा रम्भालाई समेत अभिनय गराउने योजना बनाएको बताइन्छ। उनीहरूहरूले अभिनय गर्ने दृश्यलाई फिल्मको मुख्य आकर्षणको रूपमा पेस गरिने उनीहरू योजना रहेको छ।

0 comments

प्रतिकृया दिनुहोस