जापानमा पृथ्बी जयन्ती तथा एकता दिवस मनाईयो

टोकियो । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको २९५ औं जन्म जयन्ती तथा राष्टिय एकता दिवस जापानको टोकियोमा समेत मनाईएको छ । प्रवासी नेपाली संगठन (ओनो) जापानले टोकियोको सिनओकुबोस्थित नेपाली मुरा हलमा आयोजना गरेको पृथ्वी जयन्ती तथा एकता दिवस कार्यक्रममा नेपालको एकिकरणमा पृथ्वीनारायण शाहले खेलेको भूमिका र योगदानको बारेमा विशेष चर्चा गरिएको थियो ।

कार्यक्रमका सबै वक्ताहरुले देश विखण्डन तर्फ गईरहेको र राष्टियता कमजोर भईरहेको अहिलेको अवस्थामा नेपालमा पृथ्वीनारायण शाह जस्तो सपुत चाहिएको र अहिले झनै उनको अभाव खड्किएको बताएका थिए । -source

0 comments

प्रतिकृया दिनुहोस