उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति [नामावलीसहित]

काठमाडौं- उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति भएको छ। बिहीबार रातिसम्म बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका न्यायाधीशको नियुक्ती गरेको हो। परिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नयुक्ति सिफारिसका लागि योग्य उम्मेदवार छनोट सकिसकेको थियो। प्रधानन्यायाधीश सुशीला कार्की अध्यक्ष रहेको न्यायपरिषदमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश वैद्यनाथ उपाध्याय, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त रामप्रसाद सिटौला सदस्य र प्रधानमन्त्रीको सिफारिसमा नियुक्त पदमप्रसाद वैदिक र कानुनमन्त्री अजयशंकर नायक सदस्य छन्। बैठकपछि जिल्ला न्यायाधीशबाट ३७ जना, नेपाल बार एसोसिएसनबाट २७ जना तथा सहसचिव र विशिष्ट श्रेणी १६ जना (कानुन, न्याय र सरकारी वकिल समूह) जना नियुक्त भएका हुन्। परिषद्ले नियुक्तिका लागि कात्तिक तेस्रो साता व्यक्तिगत विवरण आह्वान गरेर छनोट प्रक्रिया सुरु गरेको थियो। गत मंसिर पहिलो सातासम्म आठ सय योग्य उम्मेदवारले परिषद्मा व्यक्तिगत विवरण (बायोडाटा) बुझाइसकेका थिए। संविधानमा 'जिल्ला न्यायाधीश या वरिष्ठ अधिवक्ताका रूपमा कम्तीमा पाँच वर्ष काम गरेको या अधिवक्ताका रूपमा कम्तीमा १० वर्ष निरन्तर वकालत गरेको या कानुनी क्षेत्रमा अध्यापन–अन्वेषण गरेको या न्यायसेवाको राजपत्रांकित सेवामा कम्तीमा पाँच वर्ष काम गरेको व्यक्ति उच्च अदालतको मुख्य न्यायाधीश या न्यायाधीशमा नियुक्त हुन योग्य भएको मानिने' उल्लेख छ। नियुक्तl हुनेमा सर्वोच्च अदालतका रजिष्ट्रार श्रीकान्त पौडेल, न्यायपरिषदका सचिव कृष्ण गिरि र कानुन मन्त्रालयक सचिव टेकप्रसाद ढुङ्गाना र वेपत्ता आयोगका सचिव महेश शर्मा पौडेल रहेका छन्। सर्वोच्चकै सहरजिष्ट्रार विपुल न्यौपाने, नातिबाबु लामिछाने रहेका छन्। नामावली विशिष्ठ श्रेणी १. श्री राजेन्द्र सुवेदी नायव महान्यायाधिवक्ता महान्यायाधिवक्ताको कार्यालय २. श्री कृष्ण गिरी सचिव न्याय परिषद् ३. श्री श्रीकान्त पौडेल रजिष्ट्रार सर्वोच्च अदालत ४. श्री महेश शर्मा पौडेल सचिव बेपत्ता छानविन आयोग ५. श्री टेकप्रसाद ढुंगाना सचिव कानून,न्याय तथा संसदीय मामिला मन्त्रालय जिल्ला न्यायाधीशहरु ६ .श्री बालेन्द्र रुपाखेती, ७. श्री अजयराज उपाध्याय, ८. श्री विनोदमोहन अचार्य, ९.श्री भोलानाथ चौलागांइ १०. श्री अच्युत बिष्ट, ११. श्री यज्ञराज भट्ट, १२. श्री शेखरप्रसाद पौडेल, १३. श्री बालचन्द्र शर्मा, १४. श्री ईश्वरराज आचार्य, १५. श्री रामप्रसाद अधिकारी, १६. श्री गोपाल भट्टराई, १७. श्री रामप्रसाद ओली, १८. श्री जगतप्रसाद श्रेष्ठ, पूर्व अतिरिक्त न्यायाधीशहरु १९ . श्री रमेशकुमार पोखरेल २०. श्री अग्नीप्रसाद थपलिया २१ . श्री ऋृषिराम दवाडी २२. श्री नित्यानन्द पाण्डेय २३. श्री राजेश्वर तिवारी २३. श्री दिनेशप्रसाद यादव २४. श्री कृष्णलाल भट्टराई २५. श्री नरबहादुर शाही २६. श्री शान्तिसिंह थापा २७ श्री यमुना भट्टराई जिल्ला न्यायाधीशवाट २८. नारायणप्रसाद श्रेष्ठ, २९. श्री नारायणप्रसाद पोखरेल, ३०. श्री भोजराज अधिकारी, ३१. श्री रमेशकुमार खत्री, ३२. श्री दयानाथ खरेल, ३३. श्री शेखरचन्द्र अर्याल, ३४. श्री शालिग्राम कोइराला, ३५. श्री विष्णु प्रसाद कोइराला, ३६. श्री लक्ष्मीकृष्ण श्रेष्ठ, ३७. श्री कृष्णकमल अधिकारी, ३८. श्री चिन्तामणि बराल, ३९. श्री अनन्तराज डुम्रे, ४०. श्री राजेन्द्र खरेल, ४१. श्री ठाकुरप्रसाद शर्मा पौडेल, ४२. श्री हरिप्रताप के.सी., ४३. श्री कृष्णबहादुर थापा, ४४. श्री अच्युतप्रसाद भण्डारी, ४५. श्री ऋषिप्रसाद अधिकारी, ४६. श्री बलभद्र वास्तोला, ४७. श्री टेकनारायण कुँवर, ४८. श्री चन्द्रबहादुर सारु, अधिकृतहरु वाट ४९. श्री धीरबहादुर चन्द ५०. श्री लेखनाथ पौडेल ५१.श्री विपुल न्यौपाने ५२. श्री नातिबावु लामिछने ५३. डा.रविशर्मा अर्याल ५४.साधुराम सापकोटा कानुन व्यवसायीवाट ५५. श्री गणेशप्रसाद बराल ५६.श्री सीताराम मण्डल ५७. श्री सुर्दशन देव भट्ट ५८. श्री सुवास पौडेल ५९. श्री जनक पाण्डे ६०. श्री बामदेव ज्ञवाली ६१. श्री श्यामजी प्रधान ६२. श्री गोकर्ण डाँगी ६३. श्री बासुदेव आचार्य ६४. श्री खुशी प्रसाद थारु ६५. श्री मुनेन्द्रप्रसाद अवस्थी ६६. श्री मदन पोख्रेल ६७. श्री शान्ता सेढाई सापकोटा ६८. श्री ध्रुवराज नन्द ६९. श्री दुर्गाबहादुर विश्वकर्मा ७०. श्री टंक प्रसाद गुरुङ ७१. श्री हरिप्रसाद पौडेल ७२. श्री राकेश कुमार निधी ७३. श्री तेज नारायण सिंह राई , ७४. श्री बबिता उप्रेती ७५. श्री रामबहादुर थापा ७६. श्री शकुन्तला घिमिरे ७८. श्री नसरुल्लाह अन्सारी ७९. श्री दिपेन्द्र बहादुर बम ८०. श्री राज्यलक्ष्मी बजाचाय -source

0 comments

प्रतिकृया दिनुहोस