तारुकामा गोरु जुधाई : धन्न जोगिए भैरव !

नुवाकोट – नुवाकोटको तारुकामा शनिबार भएको गोरु जुधाई कार्यक्रममा एक व्यक्ति गोरुको शिकार हुनबाट बालबाल बँचेका छन् । गोरु जुधाउन पुगेका तारुका–६ का भैरव श्रेष्ठलाई गोरुले हाने पनि सामान्य घाइते मात्र भएका छन् । काठमाडौँबाट करिब ८० किलोमिटर टाढा रहेको तारुकामा हरेक माघे सक्रान्ति मेलामा गोरु जुधाउने मेला आयोजना हुन्छ ।

श्रेष्ठ पनि आफ्नो भतिजसँग गोरु लिएर मेलामा पुगेका थिए । तर, एक्कासी गोरुले नै उनलाई आक्रमण गर्न पुग्छ । आयोजक समेत रहेका स्थानीय मदन श्रेष्ठ अनुसार उनलाई घटनामा सामान्य चोटपटक मात्र लागेको छ । घटनामा अर्का एक जना पनि घाइते भएको उनले बताए । काठमाडौँबाट गएको चिरायु अस्पतालको टोलीले उनको उपचार गरेको थियो । अहिलेसम्म नेपालमा गोरु जुधाई प्रतियोगितामा कसैको ज्यान गएको छैन । तर, स्पेनमा हुने बुलफाइटिङमा भने मानिसहरुले ज्यान समेत गुमाउने गरेका छन् ।

0 comments

प्रतिकृया दिनुहोस