विराट ८ रनमा स्लिपमा समातिए
इङ्ल्यान्डविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका भारतीय कप्तान विराट कोहली केही समयअगाडि सुरु भएको दोस्रो एकदिवसीयमा ८ रनमै आउट भएका छन्। क्रिस वोक्सलाई दुई चौका प्रहार गरेका विराट उनको दोस्रो ओभरको अन्तिम बलमा क्याच आउट हुन पुगे। पूणेको पहिलो एकदिवसीयमा असम्भव झै लाग्ने ३ सय ५१ रनको लक्ष्य पुरा गर्ने क्रममा विराटले १ सय २२ रन बनाएका थिए। उनलाई घेर्न इङ्ल्यान्डले ‘सर्ट पिच’ बल प्रयोग गर्ने बताएपनि विराट वोक्सको फुल लेन्थ बलमा दोस्रो स्लिपमा स्टोक्सबाट समातिए। भारतले २५ रनमा केएल राहुल, शिखर धवन र विराटको रुपमा तीन विकेट गुमाइसकेको छ। कटकमा अहिलेसम्म भएको १० खेलमा अहिलेसम्म भारत हारेको छैन्। इङ्ल्यान्डले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो।


0 comments
प्रतिकृया दिनुहोस