भारतमा धोनीको ४ हजार रन पुरा

भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीले घरेलु मैदानमा ४ हजार रन पुरा गर्ने कीर्तिमान बनाएका छन्। उनले कटकमा इङ्ल्यान्डविरूद्ध भइरहेको दोस्रो एकदिवसीयमा जाक बलको १३ ओभरको पहिलो बलमा चौका प्रहार गर्दै भारतमा ४ हजार रन पुरा गर्ने कीर्तिमान बनाए। उनले यसका लागि १ सय १० खेलको सहयोग लिए। उनलाई ४ हजार रन पुरा गर्न ९ रन आवश्यक थियो।

0 comments

प्रतिकृया दिनुहोस